टीभीएसले उत्पादन गरेको एनटर्क स्कुटर बजारमा आएको छोटो समयमा निक्कै लोकप्रिय बनेको छ । एनटर्क स्कुटरले अटाेकार अफ द इयर अवार्ड पाएसँगै नयाँ रंगमा समेत ल्याएको छ ।
एनटर्क मेट सिल्भर कलरमा समेत उपलब्ध भएको हाे । मेट सिल्भर कलरयुक्त एनटर्क डिस ब्रेक भेरियन्टमा मात्र उपलब्ध हुनेछ । नेपाली बजारमा एनटर्क १२५ डिस्क ब्रेक भेरियन्टकाे मूल्य २ लाख २४ हजार ९०० रूपैयाँ रहेकाे छ ।
नयाँ कलरसँगै एनटर्क अब ७ कलर अप्सनमा उपलब्ध हुने भएको छ । एनटर्कमा १२४.८ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ जसले ७५ सय आरपीएममा ९.४ एचपी पावर र ५५ सय आरपीएममा १०.५ एनएम टर्क दिन्छ ।
टीभीएस एनटर्क सार्वजनिक भएको ७ महिनामा भारतमा बिक्री आँकडा १ लाख नाघेको छ, नेपालमा पनि एनटर्ककाे बिक्री ८ हजार यूनिट कटि सकेकाे जगदम्बा माेटर्स स्राेतले जानकारी दिएकाे छ । नयाँ कलरकाे एनटर्क भने केही समयपछि मात्रै नेपाल आउने कम्पनीले जनाएकाे छ ।
अटोकार अवार्ड २०१९ अन्तर्गत एनटर्कले स्कुटर अफ द इयर अवार्ड पाएको हो ।

