काठमाडौं । काठमाडौं महानगरपालिकाले बहुतले पार्किङ बनाउने भएको छ । महानगरले बहुतले पार्किङ बनाउन दोस्रो पटक टेन्डर खुलाउँदै छ । न्यूरोडमा बनाउन लागिएको भर्टिकल पार्किङ निर्माणका लागि महानगरपालिकाले यसअघि नै टेनडर खुल्ला गरे पनि त्यसमा कुनै आवेदन नआए पछि पुनः टेन्डर खोल्न लागेको हो ।
महानगपालिकाले यसमा थप अध्ययन गरेर पूर्ण टेन्डर खुल्ला गर्न लागेको महानगरपालिकाका सहरी व्यवस्थापन प्रमुख हरीबहादुर कुँवरले जानकारी दिए ।
भर्टिकल पार्किङका लागि न्यूरोडमा महानगरले भवन निर्माण गर्ने छ । ‘भर्टिकल पार्किङ भवन निर्माणका लागि स्पेसिफिकेसन तयार गरि पुनः टेनडर खुल्ला गरिने छ,’ कुँवरले मेरोअटोसँग भने ।
जमिटमा पार्किङ गर्नका लागि महानगरसँग पर्याप्त खाली जमिन नभएकाले भवन बनाई भर्टिकल पार्किङको व्यवस्था गर्न लागिएको उनको भनाई छ । पहिलो टेन्डरमा किन कुनै आवेदन परेन त्यस बारेमा महानगरले केही खुलाएको छैन ।


