अभिनेत्री वर्षा सिवाकोटीको रोजाइ एमजी एस सिक्स

काठमाडौं । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले प्रिमियम इलेक्ट्रीक एसयूभी एमजी एस ६ एसयूभी बुकिङ गरेकी छिन् ।

उनले आइतबार सम्पन्न नाइमा मोबिलिटी एक्स्पोको पारामाउन्ट मोटर्सको स्टलमा पुगेर सवारी साधनको अवलोकनपछि औपचारिक रूपमा एस सिक्स बुकिङ गरेकी हुन्।

आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम इलेक्ट्रिक मोबिलिटीबाट प्रभावित हुँदै सिवाकोटीले उक्त मोडल रोजेकी हुन् ।

बुकिङको अवसरमा एमजी एसएमआईएलका अन्तर्राष्ट्रिय बजार प्रवर्धन प्रतिनिधि मोहम्मद फहाद दाराइले उनलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए ।

एमजी एस सिक्सको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ७७ किलोवाट आवरको ब्याट्री र १८० किलोवाट क्षमताको विद्युतीय मोटर छ । रियर ह्वील ड्राइभ सिस्टम भएको एमजी एस सिक्स सिंगल चार्जमा ५३० किलोमिटरसम्म चलाउन सकिन्छ ।

एस सिक्सको लम्बाइ ४७०८ मिलिमिटर, चौडाइ १९१२ मिलिमिटर र ह्वीलबेस २८३५ मिलिमिटर छ । यसमा १९५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ । बुट स्पेश पनि ६७४ लिटरको पाइन्छ ।

गाडीको भित्री भागमा पनि मूल्यअनुसार पर्याप्त सुविधा उपलब्ध छन् । डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, एचयूडी डिस्प्ले, उच्च गुणस्तरको म्युजिक सिस्टम, वायरलेस चार्जर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो पाउन सकिन्छ ।

हिटेड स्टेयरिङ, भ्यान्टिलेटेड र हिटेड सिट, ड्यूलजोन क्लाइमेट कन्ट्रोल र ठूलो पानारोमिक रुफले यात्रु र चालक दुबैलाई आनन्ददायी यात्रा प्रदान गर्छ । सुरक्षाका हिसाबले एमजी पाइलट भित्रका करिब दुई दर्जन फिचरहरु पाउन सकिन्छ । यसका अलावा सात वटा एयरब्याग, ३६० डिग्री क्यामेरा दिइएको छ ।

 


Back_to_top