रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ सनसिटी चोकमा रोकिराखेको एक इलेक्ट्रीक स्कुटरमा आगलागी भएको छ ।

सोमबार अपराह्न ५ बजेतिर ट्वान्टी फर्स्ट रेष्टुरेन्टसँगै रोकिराखेको बागमती प्रदेश ०२-०२७ प ९८५६ नम्बरको इलेक्ट्रीक स्कुटरमा आगलागी भएको हो ।

आगलागी हुने स्कुटर चिनियाँ ब्राण्ड सुपर सोको रहेको छ । आगलागीबाट स्कुटरको अधिकांश भाग जलेर नष्ट भएको छ ।

उक्त स्कुटरमा के कारणले आगलागी भयो भन्ने खुलेको छैन । स्थानीयले पानी हालेर स्कुटरमा लागेकाे आगाे निभाएका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।


Back_to_top