भन्सार छलेर नेपाल ल्याइएका १२ इलेक्ट्रीक स्कुटर नियन्त्रणमा

काठमाडौं । भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १२ वटा इलेक्ट्रीक स्कुटर नियन्त्रणमा लिइएको छ ।

नेपाल प्रहरीले भदौ ५ गते अपराह्न ४ बजेतिर पर्साको वीरगंज महानगरपालिकाका विभिन्न स्थानहरूबाट ती स्कुटर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्हरी कार्यालय पर्साका अनुसार भन्सार छलेर नेपाल भित्र्याइ अनाधिकृत रुपमा चलाइरहेको अवस्थामा १२ वटा भारतीय इलेक्ट्रीक स्क्ुटर नियन्त्रणमा लिइएको हो ।

ती स्कुटरहरूको अंकित मूल्य ९ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । नियन्त्रणमा लिइएका स्कुटर बारे थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


Back_to_top