काठमाडौं । दक्षिण कोरियाली अटो निर्माता कियाले आफ्नो प्रिमियम थ्री रो एसयूभी सोरेन्टो भारतैम उत्पादन सुरू गरेको छ ।
किया इण्डियाले भारतको अनन्तपुर प्लान्टबाट सोरेन्टो एसयूभी रोलआउट गरेको हो । यो एसयूभी आगामी सेम्टेम्बर ४ तारिखमा लन्च हुँदैछ ।
लन्च अगावै किया इन्डियाले गाडीका आधिकारिक तस्बिरहरू सार्वजनिक गर्दै आधिकारिक वेबसाइट तथा डिलरसिपमार्फत बुकिङ खुला गरिसकेको छ । भारतमै उत्पादन गरिएकाले यो फ्ल्यागसिप एसयूभी प्रतिस्पर्धी मूल्यमा बजारमा आउने अनुमान गरिएको छ ।
नयाँ सोरेन्टोमा कियाको प्रसिद्ध ‘टाइगर नोज’ फ्रन्ट ग्रिल, आकर्षक र आधुनिक लाइटिङ सेटअपका साथै अग्लो र बलियो बनावट दिइएको छ । यसको क्याबिनलाई अझ बढी प्रिमियम र आरामदायी बनाइएको छ।
कम्पनीका अनुसार यो एसयूभी पेट्रोल हाइब्रिड र डिजेल गरी दुईवटा इन्जिन विकल्पमा उपलब्ध हुनेछ । भारतमा कियाको यो पहिलो हाइब्रिड एसयूभी हुनेछ । जसमा अल ह्वील ड्राइभ प्रणाली समेत उपलब्ध गराइने छ ।
यसको क्याबिन अझ बढी प्रिमियम र उच्चस्तरीय थिमका साथ आउने छ । कियाले यसमा ‘लाइभ जेनेरेटिभ एआई’ आधारित एआई असिस्टेन्ट प्रविधि प्रयोग गरेको छ ।
सोरेन्टोमा यो प्रविधि भित्र्याउने भारत विश्वकै पहिलो बजार बनेको छ । साधारण भ्वाइस कमान्डभन्दा धेरै अगाडि रहेको यो एआइ प्रणालीले चालक तथा यात्रुसँग कुराकानी गर्ने, जटिल प्रश्नहरूको उत्तर दिने र इन्टरनेटबाट लगातार अपडेटेड जानकारीहरू खोजेर दिन सक्ने क्षमता राख्छ।
यो प्रणालीले यस एसयूभीमार्फत कियाको विश्वव्यापी उत्पादन पोर्टफोलियोमा समेत डेब्यू गर्नेछ।


