काठमाडौं । नेपाल बैंक भदौ ९ गते देखि १४ गतेसम्म काठमडाौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२६ लाई लक्षित गदै आकर्षक अटो लोन अफर ल्याएको छ ।
बैंकले नाडा अटो शोमा निजी तथा व्यापारिक प्रयोजनका सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई सहज, सरल र सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले नाडा अटो शोमा जुनसुकै ब्राण्डको सवारी किन्न बेस रेटमा ०.४९ प्रतिशत मात्रै प्रिमियम जोडेर कर्जा उपलब्ध गराउने भएको हो ।
पछिल्लो ३ महिनाको औसत बेसरेट ४.५० प्रतिशत छ । त्यसमा ०.४९ प्रतिशत प्रिमियम जोडेर ४.९९ प्रतिशतमै कर्जा पाउने भएका हुन् ।
बैंकका अनुसार यसरी गाडी किन्न कर्जा लिँदा ०.५ प्रतिशत मात्रै प्रशासनिक शुल्कमा लाग्ने छ । साथै, कर्जा उपभोग गर्ने ग्राहकले विना कुनै शुल्क ३ लाखसम्मको क्रेडिट कार्ड (लाइफटाइम) को सुविधा बैंकले जनाएको छ ।


