हुन्डाईका गाडी किन्दा ५ लाखसम्म छुट, बीमा र सडक कर पनि तिर्न नपर्ने

काठमाडौं । हुन्डाईका गाडी खरिद गर्दा स्क्रयाच कार्ड मार्फत ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर पाइने भएको छ ।

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चाडपर्वलाई लक्षित गर्दै ल्याएको विशेष अफर ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’मा यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत हुन्डाई गाडी खरिद गर्दा ग्राहकहरूले सिधै ३ लाखसम्म रुपैयाँसम्मको आकर्षक नगद छुट पाउने छन् ।

साथै, स्क्रयाच कार्डमार्फत ५ लाखसम्मको नगद छुट जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले नयाँ गाडी खरिदमा १ वर्षको अटो प्लस इन्स्योरेन्स र सडक कर निःशुल्क पाउने छन् ।

कम्पनीले हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ । जसले ग्राहकहरूलाई थप मूल्य, सुविधा र सहजतासहितको हुन्डाई स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।


Back_to_top