४ लाख ३० हजार तिरेर टियागो ईभी घर लैजान पाइने

काठमाडौं । टाटा मोटर्सको चर्चित ह्याचब्याक टियागो ईभी किन्न झनै सजिलो हुने भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ टिगायो किन्नेलाई लक्षित गर्दै सहज फाइनान्स सुविधा ल्याएको हो ।

कम्पनीका अनुसार सुरूआती मूल्य २७ लाख ४९ हजार रुपैयाँ पर्ने टियागो ईभी अब ग्राहकले ४ लाख ३० हजार डाउन पेमेन्टमै पाउने छन् । कम्पनीले संचालन गरिरहेको ‘जोयफुल विक’मा ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार हाल कुनै पनि सवारी किन्न सुरूमै कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट बुझाउनुपर्छ । सो अनुसार ग्राहकले सुरूमा ११ लाख रुपैयाँ तिर्नुपर्थ्यो । तर, सिप्रदीले ग्राहकलाई डाउन पेमेन्टमा सहजीकरण गर्दै ४ लाख ३० हजारमै उपलब्ध गराउने भएको हो । डाउनपेमेन्ट बापतको बाँकी रकम कम्पनीले नै व्यवस्था गरिदिने भएको हो ।

यो अफर अगामी शनिबार (असोज १० गते)सम्म लागू हुने कम्पनीले जनाएको छ । साथै, ग्राहकले आफूसँग भएको पुरानो गाडी साटेर टाटाको नयाँ ईभीमा अपग्रेड हुन सक्नेछन् ।

सडक तिर्न नपर्ने, होमचार्जर सित्तैमा

अहिले चलिरहेको ‘जोयफुल विक’मा टियागो ईभी बुकिङ गर्नेले विभिन्न छुट तथा आकर्षक उपहार समेत पाउने भएका छन् । कम्पनीका अनुसार टियागो ईभी बुकिङ गर्ने ग्राहकले हरेक बुकिङमा आकर्षक उपहार पाउने छन् ।

साथै, यस अवधिभर गाडि खरिद गर्ने ग्राहकले निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर र निःशुल्क होम चार्जिङ इन्स्टलेसन सुविधा पाउने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट एभर एक्सेन्ज भ्यालुएसन सुविधा पाउने छन् । जसले नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने प्रक्रियालाई अझ सहज र आकर्षक बनाएको कम्पनीको भनाइ छ ।

ग्राहकले देशभर रहेका टाटा मोटर्सको आधिकारिक शोरुमबाट टियागो ईभी बुकिङ र टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

यस्तो छ टियागो ईभी

नेपाली बजारमा विगतदेखि नै चर्चित टियागो ईभीको फेसलिफ्ट मोडल गत नाइमा मोबिलिटी एक्स्पोदेखि बिक्री सुरू भएको हो । यसको फेसलिफ्ट संस्करण डिजाइन, प्रविधि र सुविधामा उल्लेख्य सुधार भएर आएको छ ।

नयाँ टियागो ईभीमा स्लीक एलईडी हेडल्याम्प, नयाँ एलईडी डीआरएल, क्लोज बडी रंगीन ग्रिलसहित रि डिजाइन गरिएको फेसिया छ । यो कन्ट्रास्टिङ ह्वील आर्क क्ल्याडिङको साथ नयाँ १५ इन्च ह्वीलमा आएको छ ।

पछाडिको भागमा कनेक्टेड एलईडी टेल ल्याम्प र परिमार्जित बम्पर छ । साथै, डुअल टोन ब्ल्याक रुफ, शार्क फिन एन्टेना र डोर ह्याण्डलहरूमा क्रोम फिनिश दिएको छ ।

फेसलिफ्ट टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री प्याक प्रयोग गरिएको छ । यसमा ५५ किलोवाट क्षमताको विद्युतीय मोटर छ । उक्त मोटरले ११४ एनएम टर्क उत्पादन गर्छ ।

नयाँ टियागो ईभीमा अपडेट गरिएको डिजिटल ककपिट, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र मल्टि-फङ्सन स्टेयरिङ जस्ता सुविधा समावेश छन् । साथै, नयाँ अपहोल्स्ट्री र परिमार्जित इन्टेरियर डिजाइनले क्याबिनलाई थप आधुनिक बनाएको छ ।

सुरक्षाको लागि डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top