यी ४ लक्ष्यण देखिए तपाईको बाइक वा गाडीको इन्जिन सिज हुन सक्छ

काठमाडौं । सवारीसाधनको इन्जिन सिज भएको हामीले सुनेका वा भोगेका छौ । आखिर के हो त इन्जिन सिज भनेको ? इन्जिन लक हुनु वा यो चल्न बन्द हुनु नै इन्जिन सिज हुनु हो । चालकले लापरवाही गर्दा पुरानो मात्र होइन, नयाँ मोटरसाईकल वा गाडीको पनि इन्जिन सिज हुन सक्छ ।

यस्ता छन् कारण

१. इन्जिन सिज हुनुको सबैभन्दा मूख्य कारण ओभर हिटिङ हो । सवारीसाधन धेरै तात्यो भने यसको संकेत दिने प्रणाली सबै गाडीमा हुन्छ । यो कुरालाई कहिल्यै पनि बिर्सनु हुँदैन ।

यसको शिकार मोटरसाइकलदेखि सबै किसिमका सवारीसाधन हुने गर्छन् । 

२. टाइमिङ बेल्ट वा टाइमिङ चेन टुट्नाले पनि इन्जिन सिज हुन्छ ।

३. इन्जिनको सिलिन्डरमा पानी पस्यो भने यसबाट पिस्टनमा नोक्सानी हुन्छ । यसबाट पनि इन्जिन सिज हुन्छ । खासगरी ठूलो पानी भएको ठाँउमा सवारीसाधन चलाउँदा यस्तो समस्या आउन सक्छ ।

४. खराब इन्धनका कारण पनि इन्जिन सिज हुन्छ । त्यसैले गुणस्तरीय पेट्रोल पम्पमा मात्र इन्धन भर्नु राम्रो हुन्छ ।


Back_to_top