होन्डाले आगामी सेप्टेम्बरमा बीएस–६ इन्जिनयुक्त एक्टिभा १२५ बजारमा ल्याउने भएको छ । कम्पनीले होन्डा एक्टिभा १२५ लाई नयाँ प्रदूषण मापदन्ड अनुसारको पीएफएम एफआई फ्युल इन्जेक्सन इन्जिनसहित ल्याउने भएको हो ।
यस इन्जिनले ६५ सय आरपीएममा ८.४ बीएचपी पावरका साथै ५ हजार आरपीएममा १०.५४ एनएम टर्क उत्पादन गर्छ । यसमा सिभिटी गियरबक्स लगाइएको छ । यसमा उपलब्ध स्टार्टर मोटरले निक्कै कम ध्वनी निकाल्ने कम्पनीले जनाएको छ ।
यसमा नयाँ हेडल्याम्पको साथै, फ्युल इन्फ्लेक्टर, क्रोम इन्सर्ट, साइड प्यानल, नयाँ टेल ल्याम्प लगाइएको कम्पनीले जनाएको छ । यो स्कुटर रेबलरेड मेटालिक, ब्लाक हेभी ग्रे मेटालिक, मिडनाइट ब्ल्यु मेटालिक, पर्ल प्रिसियस ह्वाट, मजेस्टिक ब्राउन मेटालिकमा बिक्री भइरहेको छ ।
होन्डा एक्टिभा नेपाली बजारमा समेत बिक्री हुदै आएको छ । निक्कै चर्चित बनेको स्कुटर एक्टिभा–१२५ ले प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्छ । यसमा १२५ सीसी इन्जिन दिइएको छ । यसले ८.२ बीएचपी पावरका साथै १०.५४ एनएम टर्क उत्पादन गर्छ । नेपाली बजारमा एक्टिभा–१२५ एसटीको मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै एक्टिभा डिएलएक्स १२५ को मूल्य २ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ ।

