भक्तपुरमा खुल्यो भेस्पा/अप्रिलियाकाे अत्याधुनिक शोरुम

काठमाडौं । भक्तपुरको घलाते चोकमा भेस्पा तथा अप्रिलियाको नयाँ अत्याधुनिक शोरुम संचालनमा आएको छ ।

नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम स्थापना गरेको हो ।

भेस्पा तथा अप्रिलियाको स्कुटरप्रति ग्राहकको बढ्दो रुचि, सुविधा र सहजतालाई मध्यनजर गर्दै उक्त शोरुम संचालनमा ल्याइएको कम्पनीले जनाएको छ । यो शोरुमबाट भक्तपुर लगायत आसपासका ग्राहकहरूलाई सजिलो सेवा, सुविधा प्राप्त हुने कम्पनीको विश्वास छ ।

यस शोरुम मार्फत ग्राहकहरूले अन्य शोरुम सरहको सेवा, सुविधा पाउने छन् । भक्तपुर शोरुमा नेपालकै पहिलो १७५ सीसीको पावरफुल, स्टाइलिस र बेस्ट पर्फमेन्सको स्कुटर अप्रिलिया एसआर १७५ पनि बिक्रीको लागि राखिएको छ । त्यस्तै, भेस्पाका दुई नयाँ कलर लाइल्याक र गोल्डेन ओरो कलरको सहित भेस्पा तथा अप्रिलियाको सम्पूर्ण मोडल उपलब्ध छन् ।

कम्पनीले भक्तपुर शोरुमबाट स्कुटर किन्ने ग्राहकलाई पनि दशैंको दक्षिणा अफरमा समावेश गराउने बताएको छ । यस अफरमा ग्राहकले भेस्पा तथा अप्रिलियाका हरेक स्कुटर खरिदमा स्क्रयाच मार्फत १ लाखसम्म क्यास र पक्का उपहारमा अनर एक्स फाइभ प्ले स्मार्ट वाच उपहार पाउने छन् ।

त्यस्तै, एक्सचेञ्जमा पनि २५ हजार रुपैयाँसम्मको क्यास ब्याक पाउन सकिनेछ । नागरिकताको भरमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ।

डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा सीईओ विजय महतोले कला, संस्कृति र हस्तकलाको समृद्ध विरासत बोकेको भक्तपुर भेस्पा तथा अप्रिलिया ब्राण्डका लागि स्वाभाविक गन्तव्य बनेको बताए ।

‘भेस्पा र अप्रिलियाको प्रतिष्ठित इटालियन विरासतलाई भक्तपुरसम्म ल्याउँदै गर्दा आज हाम्रो लागि महत्वपूर्ण अवसर बनेको छ । कला, संस्कृति र हस्तकलाको समृद्ध विरासत बोकेको भक्तपुर यी दुई प्रतिष्ठित ब्रान्डका लागि स्वाभाविक गन्तव्य बनेको छ। नयाँ शोरुममार्फत यहाँका ग्राहकलाई इटालियन डिजाइन, उत्कृष्टता र पर्फर्मेन्सको नयाँ अनुभव प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौं र ग्राहकहरूलाई स्वागत गर्न उत्साहित छौं,’ उनले भने ।


Back_to_top