पेप्सीकोलामा नेपालकै ठूलो सर्भिस सेन्टर संचालनमा ल्याउँदै फोटोन

काठमाडौं । नेपालका लागि फोटोनका आधिकारिक बिक्रेता एमए डब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले काठमाडौंको पेप्सीकोलामा अत्याधुनिक ईभी कमर्सियल सर्भिस सेन्टर संचालनमा ल्याउने भएको छ ।

कम्पनीले बिक्रीपछिको सेवालाई बिक्रीपछिको सेवालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले अत्याधुनिक सर्भिस सेन्टर निर्माण गरिरहेको हो ।

उक्त निर्माणाधीन सर्भिस सेन्टर कमर्शियल ईभीमा नेपालकै सबैभन्दा ठूलो रहेको कम्पनीको दाबी छ । यसबाट ग्राहकलाई सहज, प्रभावकारी र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिल कुमार बरालले पेप्सीकोलामा आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमता सहित कमर्सियल सर्भिस सेन्टर निर्माण भइरहेको बताए ।

सर्भिस सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम प्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरहरूको टोली रहने उनले बताए ।

नयाँ सर्भिस सेन्टरलाई फोटोनका सवारीसाधन बिक्रीपछिको सेवा, जेन्युइन पाट्र्स उपलब्धता, ब्याट्री परीक्षण्, नियमित मर्मत सम्भार, ड्राइभर तथा प्राविधिक तालिम एउटै स्थानबाट उपलब्ध हुने गरी विशाल सर्भिस सेन्टरको अवधारणा अनुसार तयार पारिएको उनले बताए । उक्त सर्भिस सेन्टरको निर्माण चाँडै सम्पन्न गरी संचालनमा ल्याउने उनको भनाइ छ ।

‘बिक्रीपछिको गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो । सवारीसाधन बिक्री गर्नु मात्र हाम्रो जिम्मेवारी होइन । हरेक फोटोनका ग्राहकले आफ्नो सवारीसाधनका लागि गुणस्तरीय सेवा, जेन्युइन पाट्र्स र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

पेप्सीकोला सर्भिस सेन्टर संचालनमा आएपछि काठमाडौं उपत्यकाका फोटोन ग्राहकलाई थप प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै कम्पनीको राष्ट्रव्यापी बिक्रीपछिको सेवालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

विशेषज्ञ प्राविधिक सेवा र जेन्युइन पार्टपुर्जाको सुनिश्चितता

नयाँ सर्भिस सेन्टर फोटोनका विभिन्न सवारीलाई प्रभावकारी रूपमा सेवा दिन सक्ने आधुनिक जाँच तथा मर्मत प्रणालीले सुसज्जित हुनेछ । जहाँ फोटोन अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त प्राविधिक तथा इन्जिनियरहरूको टोलीले कम्पनीले निर्धारण गरेका सेवा मापदण्डअनुसार सवारीसाधनको निरीक्षण, मर्मतसम्भार, प्राविधिक जाँच तथा आवश्यक मर्मत कार्य गर्नेछ ।

सर्भिस सेन्टरमा फोटोनका सवारीका जेन्युइन पाट्र्स पर्याप्त मात्रामा उपलब्ध हुने गरी सुरक्षित तथा व्यवस्थित रूपमा राखिनेछ । आवश्यक पाट्र्स सहजै उपलब्ध हुँदा मर्मतसम्भारका क्रममा हुने अनावश्यक ढिलाइ कम हुने, सवारीसाधन छिटो मर्मत भई ग्राहकलाई समयमै दिन सकिने र लामो समयसम्म सवारी होल्ड हुने असुविधा र व्यावसायिक क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

प्रत्येक १०० किमीमा टच प्वाइन्ट बनाउने लक्ष्य

फोटोनको हाल नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट रहेको छ । यसले ग्राहकको पहुँचमा गुणस्तरीय बिक्री पछिको सेवा पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।

राष्ट्रव्यापी विस्तार योजना अन्तर्गत फोटोनले सन् २०२६ को अन्त्यसम्म पूर्वदेखि पश्चिम नेपालका प्रमुख मार्गहरूमा प्रत्येक १०० किलोमिटरको दूरीभित्र फोटोनको टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य राखेको छ ।

ग्राहकलाई देशका विभिन्न स्थानमा सहज रूपमा गुणस्तरीय सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले फोटोनले आफ्नो सेवा सञ्जाल विस्तारलाई प्राथमिकता दिएको जनाएको छ ।


Back_to_top