नेपाल आइपुगे एमजीका गाडी, चाँडै डेलिभरी सुरू हुने

काठमाडौं । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चीनबाट ल्याएका गाडी नेपाल आइपुगेका छन् ।

कम्पनीले नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ लिएका ग्राहकलाई डेलिभरी दिन कोरला नाका हुँदै गाडी ल्याएको हो ।

नियमित रूपमा गाडी आयात गर्ने रसुवागढी र तातोपानी नाका बन्द भएपछि कम्पनीले ग्राहकलाई समयमै डेलिभरी दिन कोरलाबाट आयात गरेको हो ।

कम्पनीले एमजी एस फाइभ, एस सिक्स लगायत मोडल ल्याएको हो । ती गाडी भन्सार जाँचपास प्रक्रिया समेत पूरा भइसकेको कम्पनीले जनाएको छ ।

असोज ८-१२ गते आएको बाढीपहिरोका कारण कालिगण्डकी करिडोर अवरुद्ध हुँदा मुस्ताङमै रोकिएका छन् । बाटो खुल्ने बित्तिकै ती गाडी देशभरका शोरुमा पुर्याइ डेलिभरी सुरू गरिने कम्पनीले जनाएको छ ।

अहिले कालिगण्डकी करिडोरको म्याग्दी खण्डको करिब १५ किमी सडक अवरुद्ध छ । अहिले तीव्र गतिमा काम भइरहेकाले आगामी शनिबार/आइतबारसम्म खुलाउने लक्ष्य राखिएको छ ।


Back_to_top