काठमाडौं । इलेक्ट्रीक दुईपाँग्रे ब्राण्ड बिगसमा दशैं अफर सुरू भएको छ । नेपालका लागि बिगसको आधिकारिक वितरक अग्नि मोटोइन्कले दशैंलाई लक्षित गर्दै आकर्षक फेस्टिभ अफर ल्याएको हो ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले बिगसका इलेकट्रीक स्कुटर खरिद गर्दा १५ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।
साथै, स्कुटर खरिद गरेका ग्राहकलाई ५ वर्षको वारेन्टि सुविधा र सित्तैमा हेल्मेट पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
हाल नेपाली बजारमा बिगसका सी १२ सिरिज, ओवा म्याक्स र आरयूभी ३५० लगायतका मोडलहरू उपलब्ध छन् ।

