जिप कम्पास ईभीको भारतमा पेटेन्ट दर्ता, रेन्ज ६०० किमी हुने

काठमाडौं । जिपले भारतमा कम्पास एसयूभीको इलेक्ट्रीक मोडल ल्याउने संकेत गरेको छ । अमेरिकी ब्राण्डले भारतमा नयाँ कम्पास ईभीको पेटेन्ट दर्ता गरेसँगै जिपले ईभी ल्याउने चर्चा बढेको हो ।

नयाँ कम्पास भारतीय बजारमा जिपले ल्याउँछ वा ल्याउँदैन भन्ने हल्लाकै बीच कम्पनीले दर्ता गरेको डिजाइन पेटेन्टले भारतमा नयाँ कम्पास बन्ने कुरालाई पुष्टि गरेको छ ।

गत वर्ष सार्वजनिक भएको तेस्रो पुस्ताको कम्पास अहिले युरोप, अस्ट्रेलिया, मध्यपूर्व र न्युजिल्याण्ड लगायतका बजारमा बिक्री भइरहेको छ । पेटेन्ट तस्बिरमा देखिएको मोडल नयाँ कम्पासको ‘पूर्ण विद्युतीय ४×४ संस्करण’सँग मिल्दोजुल्दो छ ।

नयाँ कम्पासमा जिपको पहिचान बोकेको सात स्लटको ग्रिल, तिखा हेडलाइट, बलियो बम्पर, वर्गाकार ह्वील आर्च र बाक्लो क्ल्याडिङको साथ उपलब्ध छ । यसको लम्बाइ ४५५० एमएम र ह्वीलबेस २८०० एमएम रहने छ ।

जिपले अन्तर्राष्ट्रिय बजारमा उतारेको कम्पास ईभीको भित्र १६ इन्चको टचस्क्रीन, १० इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डुअल जोन एसी, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले दिएको छ । चालकको सुविधाको लागि एसयूभीमा हिटेड सिट र स्टेयरिङ ह्वील दिएको छ ।

सुरक्षा र चालक सहजताको लागि लेभल-२ एडास फिचर दिएको छ । जसमा एडप्टिभ क्रुज कन्ट्रोल, लेन पोजिसनिङ असिस्ट र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ ।

पूर्ण विद्युतीय कम्पासमा ७४ किलोवाट आवरको ब्याट्री र १६० किलोवाट क्षमताको क्षमताको मोटर दिएको छ । डब्लूएलटीपीका अनुसार यसले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिन्छ । विद्युतीय ४×४ संस्करणमा दुई मोटरले ३७५ एचपी पावर दिन्छ ।

जिपले भारतमा उत्पादन गर्ने विषयमा केही खुलाएको छैन । अटो बजारमा चर्चा भएपनि पेटेन्ट दर्ता भारतमा कम्पास ल्याउने संकेत हो वा बौद्धिक सम्पत्ति संरक्षणका लागि गरिएको हो एकिन भइसकेको छैन ।


Back_to_top