युलेन्स स्कुलले एकैपटक किन्यो ४० इलेक्ट्रीक भ्यान

काठमाडैं । युलेन्स स्कुलले एकैपटक ४० वटा १६ सिटे इलेक्ट्रीक भ्यान खरिद गरेको छ । दिगोले एक कार्यक्रमका बीच युलेन्सलाई सीएचटीसीका १६ सिट क्षमताका ४० वटा इलेक्ट्रीक भ्यान हस्तान्तरण गरेको हो ।

विद्यालय यातायातलाई अझ स्वच्छ, स्मार्ट र दिगो बनाउने दिशामा यो एक महत्वपूर्ण पहल रहेको दिगोले जनाएको छ । ४० वटा इलेक्ट्रीक भ्यान आफ्नो यातायात फ्लीटमा समावेश गरेर युलेन्स स्कुलले परम्परागत इन्धनमा आधारित गाडीमाथिको निर्भरता घटाउँदै विद्यालय समुदायका लागि आधुनिक, प्रभावकारी र वातावरणमैत्री यातायाततर्फ ठोस कदम चालेको छ ।

दैनिक यात्रु आवतजावतलाई सहज र भरपर्दो बनाउन डिजाइन गरिएका सीएचटीसी१६ सीटर इलेक्ट्रीक भ्यानले कम सञ्चालन खर्च, न्यून उत्सर्जन र शान्त यात्राजस्ता इलेक्ट्रीक मोबिलिटीका महत्वपूर्ण लाभ प्रदान गर्छन्।

दिगोका ग्रुप सीईओ सौरव श्रेष्ठले युलेन्स स्कुलले दिगो माथि देखाएको विश्वासले इलेक्ट्रीक मोबिलिटी र समग्र ईभी इकोसिस्टम निर्माणमा गर्दै आएको कामलाई थप पुष्टि गरेको बताए ।

‘युलेन्स स्कुललाई ४० वटा सीएचटीसी १६ -सीटर इलेक्ट्रीक भ्यान हस्तान्तरण गर्नु हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो। युलेन्स स्कुलले हामीमाथि देखाएको विश्वासले इलेक्ट्रीक मोबिलिटी र समग्र ईभी इकोसिस्टम निर्माणमा हामीले गर्दै आएको कामलाई थप पुष्टि गरेको छ। स्वच्छ मोबिलिटीतर्फको उहाँहरूको यात्रामा सहकार्य गर्न पाउँदा हामी गर्वित छौं,’उनले भने ।

युलेन्स स्कुलकी प्रधानाध्यापक एकता सिंह राणाले विद्यालयको यातायात सेवालाई अझ प्रभावकारी र वातावरणप्रति जिम्मेवार बनाउने प्रयासमा यो महत्वपूर्ण कदम रहेको बताइन् ।

‘यी इलेक्ट्रीक भ्यानहरूको समावेश विद्यालयको यातायात सेवालाई अझ प्रभावकारी र वातावरणप्रति जिम्मेवार बनाउने हाम्रो प्रयासमा महत्वपूर्ण कदम हो। अझ स्वच्छ र दिगो यातायात प्रणालीतर्फ अघि बढ्ने हाम्रो यात्रामा दिगोसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं,’ उनले भनिन् ।

यो पहलले नेपालमा व्यावसायिक तथा यात्रुवाहक इलेक्ट्रीक गाडीहरूको बढ्दो उपयोगितालाई पनि स्पष्ट गर्छ। सञ्चालन दक्षता र वातावरणीय जिम्मेवारीलाई सँगसँगै अघि बढाउन चाहने विद्यालय, व्यवसाय तथा संस्थाहरूका लागि इलेक्ट्रीक फ्लीट क्रमशः व्यावहारिक र महत्वपूर्ण विकल्प बन्दै गएको छ।

दिगोले कमर्सियल ईभी समाधान, चार्जिङ पूर्वाधार, ईभी रेन्टल फ्लीट, प्रविधिमा आधारित मोबिलिटी सेवा तथा बिक्रीपछिको सेवा र सहयोग मार्फत नेपालमा समग्र ईभी इकोसिस्टम विस्तार गर्दै आएको छ ।


Back_to_top