काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा नयाँ ब्लू यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको छ ।
कम्पनीले क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिप मार्फत ‘ब्लू यामाहा एक्सएसआर १५५’ सावैजनिक गर्दै देशव्यापी रुपमा बुकिङ खुलाएको हो ।
कम्पनीले यसको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ । यो नयाँ भेरिएन्ट थप किफायती समेत भएकाले धेरैभन्दा धेरै राइडरहरूलाई मौलिक नियोरेट्रो मोटरसाइकल खरिद गर्न सहज बनाउनेछ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लू फेस्टको सफल प्रदर्शनपाछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० शोरूमहरूमा आइपुगेको हो । राइडर तथा उत्साहीहरूले अब आफ्नो नजिकैको आधिकारिक डिलरमा पुगेर प्रत्यक्ष रूपमा मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र सिधै बुकिङ गर्न सक्नेछन् ।

यामाहाको मूल मर्म ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’ लाई आत्मसात् गरेको एक्सएसआर १५५ ले मौलिक रेट्रो स्टाइल र आधुनिक प्रदर्शनको उत्कृष्ट संयोजन प्रदान गर्दछ । यसमा भीभीए प्रविधिको १५५ सिसी लिकुइड–कुल्ड इन्जिन र ६–स्पीड गियर ट्रान्समिसन रहेको छ । जसले दैनिक यात्रा तथा हाइवे राइडमा सेगमेन्टमै उत्कृष्ट माइलेजका साथै भरपर्दो पावर र उच्च गतिमा स्थिरता प्रदान गर्दछ ।
हाल उपलब्ध आकर्षक रंगहरू ब्ल्याक, ग्रे, रेडका साथै लाइनअपमा थप स्टाइलका विकल्पहरूको ग्राहक मागलाई सम्बोधन गर्दै यामाहाले यो नयाँ ब्लू विकल्प बजारमा ल्याएको हो ।
एमएडब्लू राइडस प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले ग्राहकको माग अनुसार नयाँ कलर अप्सन उपलब्ध गराइएको बताए । ‘हामीले एक्सएसआर १५५ मा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ र राइडरहरूले थप नयाँ रंगका विकल्पहरूको स्पष्ट माग गरिरहनुभएको थियो । ब्लू एक्सएसआरलाई क्षेत्रीय बजारहरूमा प्रत्यक्ष रूपमा पुर्याउनु हाम्रो लागि एउटा महत्त्वपूर्ण कदम हो । क्षेत्रीय ग्राहकहरू हाम्रो बढ्दो एक्सएसआर समुदायको प्रमुख हिस्सा हुन् र हामी उहाँहरूमाझ थप विकल्प तथा उत्कृष्ट अनुभवहरू सिधै पुर्याउन प्रतिबद्ध छौँ,’ उनले भने
यो क्षेत्रीय विस्तारको उद्देश्य स्थानीय राइडरहरूसँग यामाहाको सम्बन्ध अझ प्रगाढ बनाउनु र देशव्यापी रूपमा एक्सएसआर प्रयोगकर्ताहरूको समुदायलाई थप विस्तार गर्नु रहेको उनको भनाइ छ ।

