बूढीगण्डकीको बाढीले बगायो मोटरेबल पुल

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोतीको मोटरेबल पुल बगाएको छ।

आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित स्यार खोला थुनिएर आएको बाढीले सोती बजार र मान्बू जोड्ने बूढीगण्डकी नदी माथिको पक्की पुल बगाएको हो ।

त्यस्तै, बाढीले नदी किनाराका दर्जनौं घर, दुई वटा झोलुंगे पुल लगायत संरचना बगाएको छ ।


Back_to_top