बीपी र अरनिको राजमार्गमा टिपर चलाउन रोक

काठमाडौं । काठमाडौंबाट पूर्वतर्फ जाने दुई मुख्य राजमार्गका टिपर चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले दशैंमा हुने यात्रुवाहक सवारीको चापलाई मध्येनजर गर्दै असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभर टिपर संचालनमा रोक लगाएको हो ।

जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकले फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर संचालन गर्न रोक लगाउने निर्णय गरेको हो ।

दशैंमा बीपी राजमार्ग र अरनिको राजमार्ग लगायत जिल्लाका प्रमुख सडकमा सवारी साधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारी साधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय प्रशासनले जनाएको छ ।


Back_to_top