काठमाडौं । नेपालका लागि ओमोडा जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालि तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को ‘पावर्ड बाइ’ प्रायोजक बनेको छ ।
एसपीजी अटोमोबाइल्सले लगातार तेस्रो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यलाई निरन्तरता दिएको हो ।
ओमोडा जेको २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा आबद्ध हुँदै आएको ओमोडा जेको यस वर्ष प्रतियोगिताको ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा जोडिएको छ। यस सहकार्यले नेपाली क्रिकेटप्रतिको ब्राण्डको निरन्तर प्रतिबद्धता र देशमा बढ्दो खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्ने प्रयासलाई थप सुदृढ बनाएको छ।
‘यो सहकार्य ब्राण्डको नेपाली क्रिकेटसँगको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हो, जसले खेलकुदको उत्साह र अटोमोबाइल क्षेत्रको नवीनतालाई एकै ठाउँमा जोडेको छ,’ कम्पनीले भनेको छ ।
ओमोडा जेको एनपीएलको पहिलो संस्करणदेखि नै ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा प्रतियोगितासँग जोडिँदै आएको छ। यस सहकार्यले नेपालकै चर्चित क्रिकेट प्रतियोगितामध्ये एकसँग ब्राण्डको बलियो सम्बन्ध स्थापित गरेको छ। निरन्तरको यस साझेदारीमार्फत ब्राण्डले देशभरका क्रिकेटप्रेमीहरूका लागि नवीनता, उत्साह र थप रोमाञ्चक अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ।
एनपीएलसँग ओमोडा जेकोको सहकार्यको एक उल्लेखनीय पक्षका रूपमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ लाई ओमोडा जेकोले गाडी प्रदान गर्दै आएको छ।
यस पहलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन, खेलाडीको प्रतिभा र क्रिकेटको रोमाञ्चकतालाई सम्मान गर्दै आएको छ। नेपाली क्रिकेटप्रतिको यो निरन्तर प्रतिबद्धताले घरेलु क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै प्रतियोगिताका खेलहरू र क्रिकेटप्रेमीहरूमाझ थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ।
एनपीएलसँगको निरन्तर आबद्धतामार्फत ओमोडा जेको क्रिकेटको उत्सव मनाउन र नेपाली खेलकुदको विकासमा साथ दिन प्रतिबद्ध छ। एनपीएल सिजन ३ ले देशभरका क्रिकेटप्रेमीलाई एकै ठाउँमा जोड्ने यस भव्य खेलकुद उत्सवको रूप लिँदै गर्दा ओमोडा जेको र क्यानबीचको सहकार्यले प्रतियोगितामा थप उत्साह थप्नुका साथै ब्राण्ड र नेपाली क्रिकेटप्रेमी समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

