काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
सोमबार बिहानै पहिरो खसेपछि सडकमा सवारी आवतजावत ठप्प भएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन मेसिन तथा उपकरण परिचालन गरिएको छ । उक्त पहिरो हटाउन करिब २/३ घण्टा लाग्न सक्ने डिभिजनले जनाएको छ ।

