२६% बढ्यो मोटरसाइकल र स्कुटर आयात, कात्तिकसम्म कति आए ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ४ महिना (साउन-कात्तिक)मा दुईपाँग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) आयात २६.४३ प्रतिशतले बढेको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको व्यापार तथ्यांक अनुसार कुल १ लाख ३४ हजार ८८४ युनिट दुईपाँग्रे सवारी आयात भएको हो ।

विभागका अनुसार चालु आवमा कुल १९ अर्ब ४५ लाख रुपैयाँ बराबरको दुईपाँग्रे सवारी आयात भएको हो । जसबाट सरकारले १६ अर्ब ८८ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।

चालु आवमा आयात भएका दुईपाँग्रे सवारीमध्ये १६.२१ प्रतिशत विद्युतीय रहेका छन् । झण्डै १ लाख ३५ हजार दुईपाँग्रे आयात हुँदा २१ हजार ८७० युनिट विद्युतीय रहेका छन् । पछिल्लो समय बजारमा विद्युतीय स्कुटरको माग बढेसँगै आयात पनि बढेको हो ।

विभागका अनुसार चालु आवको ४ महिनामा आयात भएको दुईपाँग्रे सवारीमध्ये ८० प्रतिशत बढी अनएसेम्बल रहेका छन् । हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकल÷स्कुटर नेपालमै एसेम्बल हुन्छन् ।


Back_to_top