६५ लाख पर्ने आयोन भी ९.९९ लाख डाउन पेमेन्टमै पाइने

काठमाडौं । जीएसीको प्रिमियम इलेक्ट्रीक एसयूभी आयोन भी किन्न अब झनै सजिलो हुने भएको छ । ६४ लाख ९९ हजार रुपैयाँ पर्ने आयोन भी अब मात्र ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै किन्न पाइने भएको हो ।

नेपालका लागि जीएसीको आधिकारिक बिक्रेता सीजी मोटर्सले ल्याएको विशेष ओनरशिप स्कीममा यस्तो सुविधा पाइने भएको हो । कम्पनीका अनुसार ग्राहकले केबल ९ लाख ९९ हजार रुपैयाँ मात्रै डाउन पेमेन्ट गरेर आयोन भी घर लैजान सक्नेछन् ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार हाल कुनै पनि सवारी किन्न सुरूमै कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट बुझाउनुपर्छ । सो अनुसार ग्राहकले आयोन भी किन्न सुरूमा २६ लाख रुपैयाँ डाउन पेमेन्ट तिर्नुपर्ने हुन्थ्यो । तर, सीजी मोटर्सले ग्राहकलाई डाउन पेमेन्टमा सहजीकरण गर्दै ९ लाख ९९ हजारमै उपलब्ध गराउने भएको हो ।

यो योजनाले ग्राहकको सुरूवाती आर्थिक भार कम गर्ने कम्पनीको भनाइ छ । साथै, ग्राहकले थप आधादर्जन बढी सुविधा पाउने छन् ।

कम्पनीका अनुसार अहिले आयोन भी बुकिङ गर्ने ग्राहकले १ वर्षको अटोप्लस इन्स्योरेन्स र सडक कर निःशुलक, आकर्षक क्यास डिस्काउन्ट, आकर्षक एक्सचेन्ज, जेनुइन आयोन एक्सेसरिज पाउने छन् ।

कम्पनीले आयोन भीमा ११ वर्षको एक्सटेन्डेड वारेन्टी उपलब्ध गराएको छ । जसले एक दशकभन्दा लामो समयसम्मको ड्राइभिङ एक्सपिरियन्समा परिवारलाई थप कन्फिडेन्स प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस्तो छ आयोन भी

नेपालमा आयोन भी इलाइट र लग्जरी दुई भेरियन्ट उपलब्ध छ । इलाइटमा ६४.५ किलोवाट आवर र लग्जरीमा ७५ किलोवाट आवरको ब्याट्रीप्याक छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ५२० किमी र ६५० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

दुवै भेरियन्टमा समान १०० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले २४० न्युटन मिटर टर्क प्रदान गर्छ । यो एसयूभीले शून्यदेखि १०० किमीको स्पीड ७.९ सेकेण्डमा भेटाउँछ ।

आयोन भी आकर्षक बाहिरी डिजाइन, फराकिलो क्याबिन, आरामदायी सिट र आधुनिक फिचर लोडेड छ । यसको अगाडि एच आकारका आकर्षक एलईडी हेडलाइट र विद्युतीय एसयूभी झल्काउने ग्रिल डिजाइन छ । पछाडिको भागमा साइबर ड्रागन क्ल शैलीका एलईडी टेललाइट छन् । साइड प्रोफाइल आधुनिक र केही हदसम्म मस्कुलर देखिन्छ । जसमा १९ इन्चका मल्टिस्पोक अलोय ह्वील दिइएको छ ।

यसको लम्बाइ ४६०५ एमएम, चौडाइ १८५४ एमएम र उचाइ १६६० एमएम छ । यसमा २ ७७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

यसको क्याबिन आधुनिक, फराकिलो र सुविधा सम्पन्न छ । ड्यासबोर्डमा १४.६ इन्चको ठूलो सेन्ट्रल टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, क्लालकम एसए८१५५ पी प्रोसेसरमा आधारित स्मार्ट सिस्टम, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सपोर्ट, भ्वाइस कमाण्ड, वायेरलेस चार्जिङ सुविधा छ ।

साथै, ९ अगाडि हिटिङ र भेन्टिलेसन सिट, ८ पोइन्ट मसाज सिट, चालकको सिटमा इलेक्ट्रीक एड्जस्टमेन्ट, पछाडिका सिटलाई १३७ डिग्रीसम्म ढल्काउन सकिने, इनब्यूल्ट रेफ्रिजेरेटर डुअल जोन अटोमेटिक एसी उपलब्ध छ ।

यसमा सुरक्षाका लागि ७ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, पार्किङ सेन्सर, ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा र विभिन्न आधुनिक सुविधा भएको एडास फिचर छ ।


Back_to_top