एम्बुलेन्स चालकले अत्याधिक मापसे गर्दा गौशालामा दुर्घटना

काठमाडौँ । हिजो वैशाख २५ गते काठमाडौंको गौशालमा एम्बुलेन्स दुर्घटनमा परेको थियो । गौशाला प्रहरी वृत्त नजिक भएको उक्त दुर्घटनामा एम्बुलेन्स चालकले अत्याधिक मापसे गरेको पाइएको हो ।

मित्रपार्कबाट एयरपोर्ट तर्फ आउदै गरेको बा १० च ८५१३ नं. को निजी कारलाई विपरित दिशावाट आएको बा ८ छ ६९२८ नंको एम्बुलेन्सले ठक्कर दिएको थियो । घटनामा निजी कार चालक सामान्य घाईते भएको र दुबै सवारी साधनमा क्षति भएको थियो ।

उक्त एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी चलाएको साथै सवारी चालक अनुमति (लाईसेन्स) पनि नभएको महानगरीय ट्राफिक प्रहरी वृत्त गौशलाले जानकारी दिएको छ । एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा रहेका छन्


Back_to_top