ग्रेटवाल मोटर्सको ‘टेष्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प’, सहभागीलाई उपहार

काठमाडौं । ग्रेटवाल मोटर्सको आधिकारिक वितरक भिजी इम्पेक्सले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ‘टेष्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । ग्राहकले यस क्याम्पमा हाभल एच६, हाभल जोलायन, पावर पीकअप र विद्युतीय ओरा ०३ जस्ता मोडल टेष्ट ड्राइभ गर्न र एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा असोज १२ गतेदेखि १८ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म टेष्ट ड्राइभ र एक्सचेन्ज सुविधा उपलब्ध हुनेछ ।

भिजी इम्पेक्सले हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पावर जस्तो शक्तिशाली पीकअप बिक्री गर्दै आएको छ । सहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा सबै किसिमका ग्राहकलाई उपयोगी मोडलहरु कम्पनीसँग उपलब्ध रहेको छ ।

ग्राहकहरूले यस क्याम्पमा सहभागिता जनाएर दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआई टिभी जित्ने अवसर पाउने छन् । साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तिय सुविधा र ओरा ०३ सँग ७ किलोवाट क्षमताको फास्ट एसी चार्जर पाउने छन् ।


Back_to_top