पेट्रोल कारले भनेकै माइलेज दिन्थ्यो र ईभीले नदिने हो ?

आइल कन्डिसनमा परिक्षण गरेर तोकिएको रेन्जलाई कम्पनीहरुले गाडी बिक्री गर्दा दावी गर्दा प्रयोगकर्ताको गाली खानु पर्ने अवस्था निम्तेको छ । त्यो अवस्था अहिले ईभीमा मात्रै देखिन्छ । पेट्रोल गाडीमा कसैलाई मतलव नै छैन ।

अहिले विश्वभर ईभीको रेन्जलाई लिएर विभिन्न किसिमका टिप्पणी चलिरहेका छन् । कम्पनीले आफ्नो गाडीको वास्तविक रेन्ज भन्दा धेरै दावी गर्ने र उपभोक्ताले रेन्ज पाइन भनेर गुनासो गर्ने धेरै छन् ।

तर, हामीले यहाँ भुल्न नहुँने विषय के हो भने अधिकांश रिसर्च एजेन्सीले आइल कन्डिसनमा गाडी परिक्षण गरेर रेन्ज वा माइलेज दावी गर्छन् । पेट्रोल गाडीमा दावीको ३५ प्रतिशत हाराहारी रेन्ज कम आउँछ भने ईभीको अवस्था पनि लगभग त्यसतै छ ।

अहिले बजारमा उपलब्ध भारतीय गाडीले भारतीय रिसर्च एजेन्सीले प्रमाणित गरेको रेन्ज दावी गर्छन् । त्यो कुनै पनि अवस्थामा नेपाली सडकमा पाउन सकिदैन । त्यो भारतकै सडकमा पनि सम्भव नभएको रेन्ज हो ।

चिनियाँहरुले सिएलटीसीको रेन्ज आफ्ना गाडीमा दावी गर्छन् । एनइडीसीको चार्ज दावी गर्नेहरु पनि छन् । तर, अहिले वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेष्ट प्रोसेडियुर (डब्लूएलटीपी) सबैभन्दा परिपक्व परिक्षण मानिन्छ । यसले परिक्षण गर्दा फरक सडक कन्डिसनदेखि मौसममा समेत ध्यान दिएको पाइन्छ ।

रेन्ज र माइलेजलाई फरक पार्ने विषय

विद्युतीय गाडीको रेन्जमा सबैभन्दा महत्वपूर्ण भूमिका सडकको अवस्थाले खेल्छ । यदि तपाई ३५० किलोमिटर रेन्ज दिने गाडी निरन्तर १२० किलोमिटर उकालो मात्रै चलाउनु भयो भने तपाई चार्ज पुरै सकिन्छ । यदि त्यहि १२० किलोमिटर ओरालो चलाउनु भयो भने चार्ज नै खर्च हुँदैन ।

ईभीमा अर्को महत्वपूर्ण कुरा रिजेनेरेटीभ ब्रेकिङ सिस्टम हो । राम्रो रिजेन गर्ने सिस्टम छ भने रेन्ज धेरै पाउन सकिन्छ । औषतमा सिटी कार बाहेक प्रिमियम ह्याचव्याक वा एसयूभीले १०० किलोमिटर यात्रा गर्न १७ किलोवाट आवर ब्याट्री खर्च गर्छ ।

पेट्रोल कारको माइलेज पनि अकालो, सडक जाम र गाडीमा बोकेको तौलले निर्धारण गर्छ । नेपालमा प्रतिलिटर १७ देखि २० किलोमिटर माइलेज दावी गरेका कुनै पनि गाडीले ११/१२ किलोमिटरभन्दा बढी रेन्ज दिदैन ।

गाडीले कति माइलेज वा रेन्ज दिन्छ भन्ने कुरा चालकको शैलीमा पनि भरपर्छ । त्यसैले ईभीको रेन्ज र पेट्रोल कारको माइलेज ठ्याक्कै भन्न सकिने विषय होइनन् ।

अर्को कुरा पहिलेका पेट्रोल गाडी अहिलेका इलेक्ट्रीक जस्तो सबै कुरा डिजिटल नहुने भएको कारण माइलेजमा धेरैले महत्व राख्दैनन् । गाडीमा कति एमएल पेट्रोल बाँकी छ, बाँकी पेट्रोलले कति किलोमिटर चलाउन सकिन्छ भन्ने एकिन गर्न कठिन हुन्छ । तर, ईभीमा कति प्रतिशत ब्याट्री चार्ज छ, कति गुडाउन सकिन्छ भन्ने अनुमान लगाउन सहज छ । त्यसले गर्दा पनि धेरैलाई छिटो चार्ज गएको लाग्छ ।

निष्कर्ष

पेट्रोल कारको माइलेज र ईभीको रेन्ज दुबै दावी गरेको पाइदैन । त्यसमा बहस जरुरी छैन । तर, ईभीले अकालोमा धेरै इनर्जी खपत गर्ने र ओरालोमा रिजेन गर्ने गर्छ । जुन गतिमा अकालो लाग्दा खपत गर्छ, त्यहि गतिमा ओरालोमा नबढ्ने भएको कारण रेन्ज दावी गरे अनुसार नपुग्ने पक्कै हो ।

त्यसैले बिक्रेता होस् वा क्रेता दुबै पक्षले नयाँ टेक्नोलोजी प्रयोग गर्दा हाम्रो सडकको अवस्था अनुसारको रेन्ज वा माइलेज भनेरै ग्राहकलाई गाडी बिक्री गर्दा राम्रो हुन्छ ।


Back_to_top