काठमाडौं । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रहेको तमादीखोलामा आएको बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । जीपमा परेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको हो । दुई जना अझै बेपत्ता छन् ।
शनिबार साँझ बागलुङबाट पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो । यसमा रहेका तीन जना मध्ये तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्यालको सब फेला परेको हो ।
बस्यालसँगै अर्का एक जना यात्रु गाडीमा भएपनि उनि अझै बेपत्ता छन् ।
गाडी चालकले भने सकुसल छन् । अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालकका अनुसार गाडीलाई रोकेर यात्रु झार्ने तयारी गर्दा गर्दै माथिबाट एक्कासी रुख, ढुंगामुडा र माटोसहित आएको बाढीले जीप बगाएर बेपत्ता पारेको थियो । बिहान जीप ३०० मिटर तल टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको थियो ।