ईभीमा कर बढाएर होइन, अन्य स्रोत खोजौँ : हेमन्त अग्रवाल

काठमाडौं । सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले विद्युतीय गाडीमा कर हैन, गाडी चार्ज गर्दा लाग्ने बिजुलीको प्रति यूनिट मूल्य बढाउनु पर्ने बताएका छन् ।

मेरोअटोसँग कुरा गर्दै सीईओ अग्रवालले बिजुली प्रति यूनिटमा २५ रुपैयाँ बनाउनु पर्ने बताएका हुन् ।

‘बजेट अगाडि भन्सार बढला भनेर ईभी किन्नेको भिड देखिन्छ । तर, बजेटले कर धेरै चलाउँदा फेरी एक वर्ष काम रोकिएला भन्ने चिन्ता विद्युतीय गाडी विक्रेतालाई छ’, सीईओ अग्रवालले भने ।

सरकारले ईभीको प्रयोग बढान सहयोग गर्नु पर्ने बताउँदै उनले भने, ‘बजेटमा धेरै भन्सार बढे ईभी गाडीको विक्री बन्द हुन्छ । फेरी, पेट्रोलियम पदार्थबाट चल्ने गाडीको बिक्री बढ्छ । जुन हाम्रो देशको लागि राम्रो हैन । व्यवसायीहरुले लगानी गरेका छन्, त्यो पनि खेर जान्छ । त्यसैले सरकारले ईभीमा नीतिगत स्थीरता ल्याउनु पर्छ ।’

यदि भन्सार बिन्दुमा राजश्व घट्यो र सरकारलाई राजस्व लस भयो भन्ने लाग्छ भने विजुलीको मूल्य बढाउन सकिने उनको तर्कछ ।

अग्रवालका अनुसार नेपालमा विजुली उत्पादन हुने तर इन्धन भने भारतमै भर पर्नु पर्ने अवस्था छ । त्यसैले हामी विद्युतीय गाडीमा जानु नै फाइदा बढी छ ।


Back_to_top