किया ईभी-९ काठमाडौंमा, मूल्य १ करोड ८० लाख

काठमाडौं । किया ईभी-९ काठमाडौंको शोरुम आइपुगेको छ । कियाको आधिकारीक वितरक कन्टीनेन्टल ट्रेडिङले आफ्नो लेटेष्ट इलेक्ट्रीक मोडल ईभी-९ नेपाल ल्याएको हो ।

नेपाल आएको किया ईभी-९ रियर ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । निकै ठूलो साइजमा उपलब्ध ईभी-९ को मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

ईभी-९ एउटा फुल साइज एसयूभी हो । यसको लम्बाई ५०१० एमएम, चौडाई १९८० एमएम र उचाई १७५५ एमएम छ । यसमा ३१०० एमएम लामो ह्वील वेस रहेको छ ।

कन्टीनेन्टल ट्रेडिङले सात सिट क्षमताको ईभी-९ नेपाल ल्याएको हो । यसमा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी-९ले ३५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

नेपालमा ईभीको पीक पवारमा कर लाग्दै आएको कारण धेरैको चासो यसमा रहेको मोटरमा पनि हुने गरेको छ । किया ईभी-९ मा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । यो एसयूभीको टप स्पीड क्षमता १९० किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top