मोटरसाइकलमा बजाजको एकछत्र राज

काठमाडौं । बजाजले सन् २०२३ मा १९ हजार २४२ यूनिट मोटरसाइकल नेपाल ल्याएको छ । घट्दो बजारमा अन्य ब्राण्डको तुलनामा बजाजले ल्याएको सबैभन्दा धेरै हो ।

बजाज एक्लैले १९ हजार यूनिटभन्दा धेरै मोटरसाइकल आयात गर्दा अन्य कम्पनीले अन्य सबै कम्पनी मिलेर १७ हजार २१२ यूनिट मोटरसाइकल आयात गरेका छन् ।

बजाजपछि धेरै मोटरसाइकल आयात गर्नेमा यामाहा र रोयल इनफिल्ड छन् । यामाहाले ६ हजार ३२० यूनिट मोटरसाइकल आयात गर्दा रोयल इनफिल्डले ५ हजार ३७२ यूनिट मोटरसाइकल अयात गरेको हो ।

चौथौमा रहेको होन्डाले २ हजार ३९६ यूटिन मोटरसाइकल आयात गर्दा पाँचौमा रहेको टीभीएसले १ हजार ३८८ यूनिट मात्रै आयात गरेको देखिएको हो ।

नेपालमा स्कुटरको माग बढ्दै जाँदा मोटरसाइकलको आयात कम भएको देखिन्छ । बजाजसँग स्कुटर उपलब्ध नभएपनि दुई पाङ्ग्रे आयातमा दोश्रो स्थान पाउन सफल भएको छ । पहिलो स्थानमा रहेको होन्डाले २५ हजार ८३५ यूनिट स्कुटर सहित जम्मा २८ हजार ३२१ यूनिट दुई पाङ्ग्रे आयात गरेको हो ।

बजाज दोश्रो (१९ हजार २४२ यूनिट) र तेस्रो नम्बरमा रहेको यामाहाले १० हजार ५५९ यूनिट स्कुटरसहित जम्मा १६ हजार ८७९ यूनिट आयात गरेको हो ।

बजाज नेपाली बजारमा पायोनियर मोटरसाइकल बिक्रेताको रुपमा स्थापित छ । बजाजको मोटरसाइकल पावर फुल हुनुका साथै नेपालका जुनसुकै क्षेत्रमा पनि सहज रुपमा सर्भिस तथा पार्टस पाइने कारण ग्राहकको रोजाइमा पर्दै आएको छ ।


Back_to_top