मारुती सुजुकीको कार उत्पादन साढे २ करोड नाघ्यो

काठमाडौं । ‘जनताकाे कार’ भन्ने नाराका साथ भारतमा स्थापना भएको मारुती सुजुकीले आफ्नो उत्पादन संख्या साढे २ करोड नाघेको घोषणा गरेको छ । मारुती सुजुकी भारतमा प्यासेन्जर कार सेग्मेन्टमा २ करोड ५० लाख कार उत्पादन गर्ने पहिलो कार बनेको हो ।

सन् १९८१ मा स्थापना भएको कम्पनीले १९८३ बाट हरियाणाको गुरुग्रामबाट उत्पादन सुरू गरेको थियो । अहिले मारुती सुजुकीको हरियाणाका गुरुग्राम र मनेसर गरी दुईवटा स्टेट अफ आर्ट म्यानुफेक्चरिङ फेसिलिटी रहेको छ । दुवै प्लान्टबाट वार्षिक १५ लाख यूनिट कार उत्पादन गर्ने जडित क्षमता रहेको छ ।

भारतमा पहिलो कारको रूपमा ८०० सीसीबाट उत्पादन सुरू गरेको मारुतीका कारहरू भ्यालुफर मनि कारको रूपमा चिनिन्छ । आफ्नो ४ दशक लामो यात्रामा मारुती सुुजुकीले नयाँ अत्याधुनिक प्रविधि र वातावरणमैत्री, फिचर प्याक भेहिकलहरू उत्पादन गर्दै आएको छ ।

हाल मारुती सुजुकीले १६ मोडलका प्यासेन्जर कारहरू उत्पादन गर्दै आएको छ । भारतीय बजारमा मारुतीको हिस्सा करिब ४५ प्रतिशत रहेको छ । कम्पनीले भारतीय प्लान्टको उत्पादन नेपाल लगायत झण्डै १०० देशमा निर्यात समेत गर्दै आएको छ ।

 

 


Back_to_top