हुन्डाईले आगामी वर्ष नयाँ ‘इन्ट्री लेवल’ एसयूभी ल्याउने

काठमाडौं । भारतीय बजारमा व्यक्तिगत आधुनिक कारको रूपमा स्थापित टल ह्याचब्याक सेन्ट्रो डिस्कन्टिन्यू गरेको हुन्डाइले इन्ट्री लेवल एसयूभी सेग्मेन्टमा नयाँ एसयूभी छिटै लन्च गर्ने भएको छ ।

हुन्डाइले विक्री गरिरहेको कम्प्याक्ट ह्याचब्याक भेन्यूभन्दा तल पोजिसन हुने यो एसयूभी आगामी वर्षको चाडपर्वको सिजनमा विक्री सुरू हुनेछ । सन् २०१६/१७ वाट नै भारतीय बजारका लागि इन्ट्री लेवल सेग्मेन्टमा नयाँ एसयूभी मोडलको विकास गरिरहेको थियो । तर, विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण यो प्रोजेक्ट ढिलो भएको बताइन्छ ।

हुन्डाई मोटर्सले माइक्रो एसयूभी सेग्मेन्टमा क्यास्पर ल्याउने भएको हो । यही सेग्मेन्टमा टाटा मोटर्सले लन्च गरेको पन्चले मासिक झण्डै १० हजारको हाराहारीमा विक्री आंकडा पाइरहेको छ । यही सेग्मेन्टमा सिट्रोनको सीथ्री, निसान म्याग्नाइट, रेनो काइकगरले समेत राम्रो संख्यामा विक्री गरिरहेका छन् ।

ग्राण्ड आइ १० नियोसको प्ल्याटफर्म

हुन्डाइको यो नयाँ एसयूभी एआईथ्री कम्प्याक यूटीलीटी भेहिकल प्ल्याटफर्ममा आधारीत हुनेछ । यही प्ल्याटफर्ममा ग्राण्ड आइ १० नियोस र कम्प्याक्ट सेडान औरा बनेको छ । भारतमा लन्च हुने क्यास्पर अन्तर्राष्ट्रिय बजारमा लन्च भएको मोडलभन्दा केही ठूलो हुने अपेक्षा गरिएको छ ।

टाटा पन्च जस्तै हुन्डाई क्यास्परमा मस्कुलर बडि प्यानलिङ तथा बाक्लो बडि क्लाडिङ रहनेछ । हुन्डाईले आफ्नो इन्ट्री लेवल एसयूभी वार्षिक ५० हजार यूनिट उत्पादन गर्ने अनुमान गरिएको छ । हुण्डाई मोटर्सले आफ्नो उत्पादन क्षमता विस्तारका लागि थप १ हजार ४७० करोड लगानी गरेको छ ।

इन्ट्री लेवल एसयूभीको स्पेक

हुन्डाईको यो नयाँ एआईथ्री सीयूभी प्ल्याटफर्ममा १।२ लिटरको पेट्रोल इन्जिन प्रयोग भएको छ । यो इन्जिनले ६ हजार आरपीएममा ८३ पीएस पावर र ४ हजार आरपीएममा ११४ न्यूटन मिटर टर्क उत्सर्जन गर्छ । यसमा ५ स्पीडको म्यानुअल ट्रास्मिसन तथा एएमटी गियर बक्स रहेको छ । यसमा अर्को १।० लीटरको टर्बो पेट्रोल इन्जिन समेत रहनसक्नेछ जसले १०० पीएसको पावर र १७२ न्यूटन मिटरको टर्क उत्सर्जन गर्नेछ । कम्पनीले आफ्नो नयाँ इन्ट्री लेवल एसयूभीमा कुन इन्जिनको प्रयोग गर्ने आधिकारिक पुस्टी गरेको छैन ।


Back_to_top