काठमाडौं । रोयल इनफिल्डको नयाँ आधिकारीक विक्रेता अल्फा अटोमोटिभ्सले ‘८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा’ अभियानलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सामाजिक अभियन्ता प्रमोद श्रेष्ठलाई उक्त रकम हस्तान्त्रण गरेको हो ।
अभियन्ता श्रेष्ठले सगरमाथाको टुप्पोमा रोयल इनफिल्डको झण्डा पनि पुर्याउने छन् । त्यसको लागि अल्फा अटोमोटिभ्सका कार्यकारी निर्देशक हर्ष साघाइले झण्डा हस्तान्त्रण गरेका हुन् ।
प्रमोद श्रेष्ठलाई गुफीको नामबाट पनि चिनिन्छ । उनि रोयल इनफिल्डको अनुभवी र सहासीक यात्रा गर्न चाहने राइडर पनि हुन् । उनले यसअघि मोटरसाइकलमा म्यानमार, तिब्बत, भुटान र बंगलादेशको सफल यात्रा गरिसकेका छन् ।
उनले सन् १९९५ मा नै २२ घन्टा २८ मिनेटमा रोयल इनफिल्ड ३५० लाई नेपालको मेची महाकाली चलाएर किर्तिमान समेत बनाएका थिए ।


