बागमतीमा बढ्यो बस र ट्याक्सीको भाडा

काठमाडौं । बागमती प्रदेश सरकारले यहाँ भित्र संचालन हुने सवारी साधनको भाडा बढाएको छ । अब उपत्यकामा गाडी चढ्ने वित्तिकै २० रुपैयाँ भाडा तिर्नु पर्ने हुन्छ ।

यसअघि चढ्ने वित्तिकै १८ रुपैयाँ भाडादर कायम भएको भएपनि २० रुपैयाँ लिँदै आएका थिए । सरकारी निकायले नियमन नगर्दा दुई किलोमिटरको दुरीमा नै भाडा धेरै तिर्नु पर्ने अवस्था छ ।

अब उपत्यकामा ५ किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटर माथि ३८ रुपैयाँ भाडा कायम गरेको छ ।

ट्याक्सीको हकमा भने फ्लाग डाउन ५० रुपैयाँ तोकिएको छ भने प्रति २०० मिटरको भाडा ९ रुपैयाँ ८० पैसाबाट बढाएर १० रुपैयाँ बनाइएको छ । रात्रीकालीन ट्याक्सीको भाडा प्रति २०० मिटर १५ रुपैयाँ तोकिएको छ ।

प्रदेश सरकारले उपत्यका बाहिर प्रदेश भित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा भने १० प्रतिशतले वृद्धि गरेको छ । मालबाह साधनको भाडा भने १३ प्रतिशतले वृद्धि गरेको छ ।


Back_to_top