२० हजार बढ्यो एथर रिज्टाको मूल्य

काठमाडौं । नेपाली बजारमा एथर इलेक्ट्रीक स्कुटरको रिज्टा एस भेरियन्टमा मूल्य वृद्धि भएको छ ।

नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले एथर रिज्टा एस भेरियन्टमा २० हजार रुपैयाँ मूल्य बढाएको हो ।

यससँगै रिज्टा एसको नयाँ मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँ कायम भएको छ । गत चैतमा लन्च गर्दा यसको आधिकारिक मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ तोकिएको थियो भने सुरुआती १०० ग्राहकका लागि इन्ट्रोडक्टरी मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँमै दिइएको थियो ।

२.७ किलोवाट आवरको ब्याट्री रहेको रिज्टा एस स्कुटरमा ४.३ किलोवाटको इलेक्ट्रीक मोटर छ । यो स्कुटरले एकपटकको फुलचार्जमा १२३ किलोमिटरसम्म रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसमा इजी राइड मोड, अटो होल्ड, रिभर्स मोड, स्किड कन्ट्रोल, सेर लाइभ लोकेसन, टो एण्ड थेप्ट अलर्ट, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, सिम्पल टीएफटी स्क्रीन, एमर्जेन्सि स्टप सिग्नल, गाइडमि होम लाइट, फल सेफ, डिस्क ब्रेक, अलोय ह्वील, रियर मोनोसक सेटअप, ३४ लिटर अण्डर सिट स्टोरेज लगायत फिचर छन् ।


Back_to_top