बजाजले बेच्यो एक करोड युनिट पल्सर, यस्तो छ नयाँ टिभीसी

बजाज पल्सरले एक करोड युनिट बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको छ । एक करोड युनिट बिक्री भएको अवसर पारेर नयाँ टिभी कमर्शियल जारी गरेको छ । भारतीय बजारमा एक करोड युनिट बिक्री हुने पल्सर पहिलो बाइक भएको छ ।

बजाजले आफ्नो चर्चित मोडल पल्सरको उत्पादन सन् २००१ बाट सुरु गरेको थियो । सुरुमा १५० र १८० सीसी क्षमताका पल्सर ल्याएको बजाजले त्यसपछि बढाउदै लगेर ७ भेरिएन्टका पल्सरको उत्पादन पुर्याएको छ ।

 

अहिले पल्सरको १३५ एलएस, १५०, १८०, २२०, एनएस १६०, एनएस २०० र आरएस २०० रहेका छन् । कम्पनीले सार्वजनिक गरेको भिडियोमा सहर र पल्सरको भेरिएन्टलाई देखाइएको छ । जसको ट्यागलाईन ‘१ करोड पल्सर, ज्वइन दी ट्रीब्युट’ राखिएको छ । 

कम्पनीले पल्सरको डिजाइन र भेरिएन्टमा सधै परिर्वतन गर्दै आइरहेको छ । सुरुवातको तुलनामा सार्प फिनिसिङ, स्टाइलिस र आर्कषक बनाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन ।  

कम्पनीको अहिलेसम्म उत्पादन भएका पल्सरमा सबैभन्दा महंगो आरएस २०० रहेको छ भने सबैभन्दा सस्तो एलएस १३५ रहेको छ ।


Back_to_top