भेरी करिडोरमा एकैपटक ११ पुल बनाइँदै, टेन्डर आह्वान

काठमाडौं । भेरी करिडोर अन्तर्गत जाजरकोट-दुनै-मरिम-तिन्जे-धो सडकखण्डमा एकैपटक ११ वटा पक्की पुल निर्माण गरिने भएको छ ।

भेरी करिडोर (जाजरकोट-दुनै-मरिम-तिन्जे-धो) सडक आयोजनाले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै पुल निर्माणको टेन्डर आह्वान गरेको हो ।

आयोजनाले यस सडकखण्डको विभिन्न ११ नदी तथा खोलामाथि आधुनिक आरसीसी र प्रि-स्ट्रेस्ड कङ्क्रिट (पीएससी) पुल निर्माण गर्न ६ वटा छुट्टाछुट्टै प्याकेजमा ठेक्का आह्वान गरेको हो ।

आयोजनाका अनुसार खहरे, चिसापानी, घट्टे, रिजिगाड, उसुम, कराबगार्ड, मन्का, चुगाड, गलिगाड, रुपगाड र खारे खोलमा पुल निर्माण गरिने छ ।

इच्छुक नेपाली कम्पनीले आगामी साउन ११ गते दिउँसो १२ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने कार्यक्रम रहेको सूचनामा उल्लेख छ । बोलपत्र प्रक्रिया ‘सिंगल स्टेज, टु-इन्भेलप’ प्रणालीमार्फत संचालन हुनेछ।


Back_to_top