काठमाडौं । रोयल इनफिल्ड हिमालयन ४५० मोटरसाइकल एकैपटक १२ युनिट डेलिभरी भएको छ ।
रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले किङफिसर एड्भेन्चर प्रालिलाई एकैपटक १२ युनिट हिमालयन ४५० हस्तान्तरण गरेको हो ।
शुक्रबार नक्साल शोरुममा आयोजित एक कार्यक्रमका बीच रोयल अल्फा अटोमोटिभका निर्देशक मेधराज पौडेलले किङफिसर एड्भेन्चरलाई मोटरसाइकल हस्तान्तरण गरेको हुन् ।
कम्पनीले मोटरसाइकल हस्तान्तरण समारोहलाई आकर्षक बनाउन नेपाली पँचेबाजा बजाएर उत्सव समेत मनाएको थियो ।
किङफिसर एड्भेन्चरले टुरिजम क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले मोटरसाकल रेन्टल तथा एड्भेन्चर राइड आयोजना गर्ने उद्देश्यले हिमालयन खरिद गरेको बताएको छ ।

किङफिसर एड्भेन्चरले लामो समयदेखि रोयल इनफिल्डका मोटरसाइकल रेन्टल गर्नुका साथै इनफिल्डका मोटरसाइकलमा आन्तरिक तथा अन्तर्राष्ट्र्रिय राइडको काम गर्दै आएको छ ।
अल्फा अटोमोटिभले हिमालयन ४५० भेरियन्ट अनुसार ९ लाख ८९ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म बिक्री गर्दै आएको छ ।
रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन छ । कम्पनीले पहिलो पटक हिमालयनमा लिक्विड कुल्ड इन्जिन प्रयोगमा ल्याएको हो ।
कम्पनीले शेर्पा नाम दिएर ल्याएको इन्जिनले ८००० आरपीएममा अधिकतम ४०।२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।
फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न बाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएबल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, यूएसडी÷मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगायतका फिचर पाउन सकिन्छ ।


