काठमाडौं । करिब ११ महिना अगाडि लक्ष्मी मोटर कर्पले नेपालमै हुन्डाई भेन्यू एसेम्बल सुरू गरेको थियो । नेपालमै बन्न थालेसँगै भेन्यू सब फोर एसयूभीको बिक्रीले रफ्तार पकडेको हो ।
मूल्यको हिसावले पनि झण्डै ६ लाख रुपैयाँ सस्तो भएसँगै भेन्यूको बिक्रीमा बढोत्तरी भएको अनुमान गर्न सकिन्छ । यसअघि सुजुकी ब्रेजा एलएक्सआई र भेन्यू इ भेरियन्टको मूल्य समान थियो । अहिले यी दुईको मूल्यमा ६ लाख रुपैयाँको फरक छ ।
‘नेपालमै एसेम्बलिङ सुरु भएसँगै भेन्यूको बिक्रीले गति लिएको छ । मूल्य लगायतका कुरामा पनि उपभोक्ताले फाइदा बढि पाएको कारण भेन्यूको बिक्री बढेको हो’, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल मेनेजर दीपक थपलियाले भने ।
सन् २०२४ मा कम्पनीले ५१५ युनिट भेन्यू आयात गरेको देखिन्छ । सन् २०२५ को साँढे दुई महिनामा ६० युनिट भेन्यू आयात भएको छ । यसले नेपालमै एसेम्बलिङ सुरु भएसँगै भेन्यूले नयाँ रफ्तार पकडेको अनुमान लगाउन सकिन्छ ।
मूल्यका हिसाबले ४० लाख ९६ हजारबाट सुरु हुने भेन्यू विभिन्न चार भेरियन्टमा किन्न पाइन्छ । १.० लिटर टर्बो र १.२ लिटर नेचुरल्ली एसीरेटेड इन्जिनमा बिक्री हुँदै आएको सब फोर मिटर एसयूभी बाक्लो संख्यामा सडकमा भेटिने मोडल हो ।
यसमा रहेको इन्जिनले ८३ पीएस पावर र ११३ न्यूटन मिटर टर्क प्रदान गर्छ । बल्की डिजाइन, मोर्डन फिचर र स्मार्ट क्याविन फिचर उपलब्ध भेन्यू सन् २०२० देखि नेपाली बजारमा बिक्री हुँदै आएको मोडल हो ।

