काठमाडौं । भन्सार विभागको तथ्यांकले दुई पाँङ्ग्रेको आयात क्रमिक रुपमा सुधार हुँदै गएको देखाएको छ ।
चालू आर्थिक वर्षको फागुन महिनामा ११ हजार ७२७ यूनिट दुई पाँङ्ग्रे सवारी साधन नेपाल आएका छन् ।
भन्सार विभागले जारी गरेको तथ्यांकमा चालू आवको ८ औं महिनासम्ममा कुल १ लाख ३४ हजार ७७७ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएका छन् । जसमा पेट्रोलियम पर्दाथबाट चल्ने दुई पाँङ्ग्रे सवारी सधानको संख्या १० हजार ५२४ युनिट र विद्युतीयतर्फ १ हजार २०३ यूनिट आयात भएको देखिन्छ ।
अघिल्लो आवको फागुनसम्मको तुलना गर्ने हो भने यो वर्षको आयातमा उल्लेख्य सुधार देखिएको हो । अघिल्लो वर्षको सोही अवधिसम्ममा कुल ८६ हजार १४ युनिट पेट्रोल तथा विद्युतीय दुई पाँङ्ग्रे सवारी साधन आयात भएको थियो ।
विद्युतीय दुई पाँङ्ग्रे साधनको आयात अघिल्लो वर्षको आठ महिनामा केबल ४ हजार ३०४ युनिट रहेकोमा चालु आर्थिक वर्षको आठ महिनामा ७ हजार १७५ युनिट आएको छ ।

