१६० सीसीको मोटरसाइकलमा कडा प्रतिस्पर्धा, तीन मोडल बीच टक्कर

काठमाडौं । विभिन्न मोटरसाइकल कम्पनीले नयाँ वर्ष केन्द्रित अफर योजनाहरु सार्वजनिक गरिसकेका छन् । कम्पनीहरुले ल्याएको अफरमा ५ हजारदेखि १० हजारसम्म छुट दिइरहेका छन् । तर, धेरै कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल दिइरहेका छन् । यो योजना अहिले निकै सफल देखिएको छ ।

यस्तोमा बजाज पल्सर एनएस १६०, टीभीएस आरटीआर १६० फोर भी र हिरो एक्स्ट्रीम १६० आरमा कस्ता अफर दिएइएको छ र यी तीन मोटरसाइकल बीचको प्रतिस्पर्धा यहाँ उल्लेख गरिएको छ ।

१५० सीसी सेग्मेन्टमा बजाज पल्सर एनएस १६०, यामाहा आर १५ भी ३, एफजेडएस भी ३, टीभीएस आरटीआर १६० फोर भी, सीएफमोटो एनके १५० जस्ता मोटरसाइकल उपलब्ध रहेका छन् ।

यी मोटरसाइकल मध्ये पावर र डिजाइनका आधारमा हिरो एक्स्ट्रीम १६० आर, बजाज पल्सर एनएस १६० र आरटीआर १६० फोर भी ४ सँग हुने देखिएको छ ।

तीनवटै मोटरसाइकल मुख्यत पावर र डिजाइनका कारण चर्चामा रहने छन् । यी तीनवटै मोटरसाइकलमा फिचरसमेत समान रहेका छन् । यी तीन मोटरसाइकलको समानाता तथा भिन्नता यहाँ विस्तृतमा प्रस्तुत गरिएको छ ।

तीन वटै मोटरसाइकलमा समान १६० सीसी क्षमताको इन्जिन रहेको छ । तर, हिरो एक्स्ट्रीम १६० आरमा मात्रै एफआई इन्जिन उपलब्ध रहेको छ । आरटीआर १६० फोर भी र पल्सर एनएस १६० मा कार्वुरेटर इन्जिन पाउन सकिन्छ । त्यस्तै हिरोले एयर कुल्ड इन्जिन दिएको छ भने टीभीएस र बजाजले आयल कुल्ड इन्जिन दिएका छन् ।

इन्जिनकै कुरा गर्दा हिरो एक्स्ट्रीम १६० आरमा बीएस ६ मापदण्डको इन्जिन रहेको छ भने अन्य दुई मोडललमा बीएस ४ मापदण्डको इन्जिन छ । यी तीन मध्ये आरटीआर १६० फोर भी सबैभन्दा पावरफुल रहेको छ ।

आरटीआर १६० फोर भीले ८००० आरपीएममा अधिकतम १६.४ पीएस पावर र १६.८ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै बजाज पल्सर एनएस १६० ले ८५०० आरपीएममा अधिकतम १५.५ पीएस पावर तथा १४.६ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरि हिरो एक्स्ट्रीम १६० आरले ८५०० आरपीएममा १५ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यी तीनै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यी तीनवटै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन दिएको छ भने हिरो र बजाजले एन्टी फ्रिक्सन बस दिएको छ । त्यस्तै तीनै मोटरसाइकलको रियरमा मोनोशक सस्पेन्सन रहेको छ । हिरोमा भने एड्जष्टेबल मोनोशक रहेको छ ।

हिरो, बजाज र टीभीएस तीनै मोटरसाइकलको फ्रन्ट र रियरमा डिस्क ब्रेक दिइएको छ । यी तीनै मोटरसाइकलमा सिंगल च्यानल एबीएस फिचर उपलब्ध रहेको छ ।

हिरो र टीभीएसले स्मार्ट कनेक्ट फिचर भएको पुर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ भने बजाजमा सेमि डिजिटल कन्सोल रहेको छ । यी तीनै मोटरसाइकल एलइडी लाइटको प्रयोग गरिएको छ ।

नेकेड डिजाइनका यी तीन वटै मोटरसाइकल मध्ये बजाज र टीभीएसको मूल्यसमान जस्तै रहेको छ भने हिरो एक्स्ट्रीम १६० आरको मूल्य केहि धेरै देखिएको छ ।

हिरो केही दिन अघिमात्र नेपाली बजारमा विक्री सुरु गरेको एक्स्ट्रीम १६० आरको मूल्य ३ लाख ३९ हजार रुपैयाँ, बजाज एनएसको ३ लाख ३ हजार ९०० रुपैयाँ र आरटीआर १६० फोर भीको एबीएस भर्सनको मूल्य ३ लाख १३ हजार ९०० रुपैयाँ रहेको छ ।

बजाज र टीभीएसले दिएको स्कीम अनुसार नगदमा मोटरसाइकल किन्नेलाई १० हजारसम्म छुट दिने जनाएको छ भने हिरोले ५ हजारदेखि १० हजारसम्म नगद छुट दिने जनाएको छ ।

बजाज र टीभीएसले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई १८ महिनामा किस्ता तिर्नेगरि सून्य प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने छ ।


Back_to_top