काठमाडौं । २०० सीसी एड्भेन्चर मोटरसाइकलमा ४० हजार छुटको स्कमी आएको छ । एवाईएम २०० टी एड्भेन्चरमा कम्पनीले ४० हजार छुटको स्कीम सार्वजनिक गरेको हो ।
यो स्कीम अन्तर्गत ग्राहकले १० हजार नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै ग्राहकले आफुसँग भएको कुनै पनि ब्राण्डको पुरानो मोटरसायकल तथा स्कुटरसँग एसवाइएम २०० टीसँग एक्सचेन्ज समेत गर्न सक्नेछन् ।
ताइवानी उत्पादन एसवाईएमको एड्भेन्चर के जी इन्टरकन्टिनेन्टल प्रालिले विक्री गर्दै आएको हो ।
यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् ।
यसमा रहेको इन्जिनले १८.३५ पीएस पावर र १५.७ एमएम टर्क प्रदान गर्नेछ । ६ स्पीड गियरबक्स, डवल च्यानल एबिएस, अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर यो मोटरसाइकलको मुख्य विशेषता हो ।
यो मोटरसाइकलको मूल्य ६ लाख २५ हजार रुपैयाँ हुने निर्धारण गरेर विक्री गर्दै आएको छ ।


