२०० सीसीको बाइक खोज्नेलाई उत्कृष्ट तीन मोडल, तपाईको छनोट कुन ?

काठमाडौं । नेपालको पहाडी, तराई वा सहरी बाटाहरुमा विशेषत २०० सीसी क्षमताको मोटरसाइकलको प्रयोग निकै भईरहेको देखिन्छ ।

नेपालमा लगाइएको  उच्च करको कारण मोटरसाइकलको मूल्य धेरैनै महंगो हुने गरेको छ । नेपाली बजारमा महंगो मूल्यको बाबजुद पनि कम्पनीहरुले विक्री गर्दै आएका २०० सीसी क्षमताको मोटरसाइकल पावर, पर्फमेन्स र लुक्सका कारण धेरैको रोजाइमा पर्ने गरेको छ ।

नेपाली बजारमा बजाज, टीभीएस, हिरो, होन्डा र केटीएम जस्ता २०० सीसी सेग्मेन्टमा विक्री हुँदै आएका मोटरसाइकल धेरै युवाहरुको रोजाईमा पर्न सफल रहेको छ ।

आज हामिले यस सेग्मेन्टमा रहेका उत्क्रीष्ट तीन मोटरसाइकलका बारेमा चर्चा गर्ने जमर्को गरेका छौँ । जसले गर्दा तपाँइहरुलाई पनि २०० सीसी क्षमताको मोटरसाइकल छनोट गर्न सहज हुनेछ ।

२०० सीसीमा नेपालमा पछिल्लो समय हिरो एक्सपल्स २०० फोरभी अत्याधिक चर्चामा रहेको मोटरसाइकल हो । अहिलेको अवस्थामा नेपाली बजारमा यस मोटरसाइकलको धेरै माग बढ्दै गईरहेको छ । डवल पर्पस एड्भेन्चर सेग्मेन्टमा रहेको यो मोटरसाइकल जस्तोसुकै रोडमा चलाउन सहज रहेको छ ।

नेपाली बजारमा उपलब्ध मध्ये एड्भेन्चर मोटरसाइकलमा कम मूल्य र उत्कृष्ट फिचरका कारण यो मोटरसाइकलको माग उच्च रहेको छ ।

हिरो एक्सपल्समा १९९.६ सीसीको सिंगल सिलिण्डर, आयल कूल्ड, फोर स्ट्रोक, फोर भल्ब, बीएस ६ इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम १८.९ ब्रेकहर्स पावर तथा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ ।

यसमा प्रोजेक्टर एलईडी हेड्ल्याम्प, डवल पर्पस टायर, डबल डिस्कब्रेकसंगै तीन मोडसहितको सिंगल च्यानल एबीएस, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, नेभिगेसन, पुरा एलसीडी स्पीडोमिटर, चार्जिङ पोर्ट, युएसडी फर्क र एड्जस्टेवल मोनो सस्पेन्सन जस्ता धेरै फिचरहरु छन् ।
नेपाली बजारमा एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ । यसको नयाँ प्रो भेरियन्ट पनि बजारमा उपलब्ध छ ।

नेपालमा २०० सीसी सेग्मेन्टमा सबै भन्दा धेरै भेरियन्ट भएको मोटरसाइकलको पहिलो स्थानमा पर्न सफल रहेको बजाज पल्सर एनएस २०० हो । यो मोटरसाइकलको धेरै भेरियन्ट अप्सन भएका कारण यसलाई मूल्य र फिचरका हिसाबले पनि छनोट गर्न सकिने छ । पावरफुलको हिसाबमा यो मोटरसाइकलको छनोट राम्रो छ ।

पल्सर एनएसमा १९९.५ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, लिक्वीड कूल्ड, एफआई, बीएस ६ इन्जिन रहेको छ । यसले अधिकतम २४.५ पीएस पावर तथा १८.७४ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स रहेको छ ।

यसमा सेमि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एलईडी लाइट, कनेक्टिभिटी सिस्टम, नेभिगेसन, गियर कन्ट्रोलर, डबल एबीएस मोड, अलोय ह्वील, ट्युवलेस टायर, युएसडी फर्क र मोनोसक सस्पेन्सन सेटअप जस्ता फिचरहरु पाउन सकिन्छ ।

नेपालमा पल्सर एनएस २०० ६ भेरियन्ट अप्सनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य ३ लाख ५२ हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएस आरटीआर २०० फोरभी पनि नेपाली बजारमा निकै सफल र उत्क्रीष्ट मोटरसाइकल रहेको छ । यस मोटरसाइकलको स्मुथनेस सबैभन्दा सबल पक्ष हो । यसका साथै पावर, फिचर र पर्फमेन्समा पनि आरटीआर २०० राम्रो मोटरसाइकल हो ।

आरटीआर २०० मा १९७.७५ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्ब, आयल कूल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २०.८ पीएस पावर तथा १७.३ एमएमको टर्क जेनेरेट गर्छ । यसमा पनि ५ स्पीडको गियरबक्स दिइएको छ ।

आरटीआरमा स्मार्ट कनेक्ट टेक्नोलोजी, नेभिगेसन, राइड मोड, डिजिटल डिस्प्ले, एलईडी लाइट, डवल डिस्कब्रेक, सिंगल च्यानल एबीएस, एड्भान्स स्लीपर क्लच, ट्युबलेस टायर, अलोय ह्वील, टेलिस्कोपिक फर्क र मोनोसक सस्पेन्सन जस्ता फिचरहरु पाउन सकिन्छ । नेपालमा यसको दुई भेरियन्ट उपलब्ध छ । जसको सुरुवाती मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top