काठमाडौं । केटीएम मोटरसाइकलले भारतमा उत्पादन भएको तीन मोडल इटालिको मिलानमा हुने इआइसीएमए (इक्मा) अटो शो २०२४ मा प्रदर्शन गर्ने भएको छ ।
कम्पनीले ३९० एड्भेन्चर सिरिजको ३९० एड्भेन्चर एक्स, एड्भेन्चर आर र एड्भेन्चर एस सार्वजनिक गर्ने भएको हो ।
इक्मा अटो शो नजिकिदै जाँदा तीन मोडल इन्टरनेटमा लिक भएको हो । तीनै मोडलका मोटरसाइकल समान बडिवर्क निमार्ण भएको छ भने, एड्भेन्चर आरमा एड्ष्टेवल सस्पेन्सनका साथै फ्रन्टमा २१ इन्च ह्वील र रियरमा १८ इन्च ह्वील प्रयोग गरिएको छ । त्यस्तै, यसको सिट हाइट पनि सिरिजकै सबैभन्दा धेरै ८८५ एमएम रहेको छ ।
त्यसैगरि, एड्भेन्चर एक्स ३९० एड्भेन्चर सिरिजकै सबैभन्दा सिम्पल डिजाइनमा रहेको छ । यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको ह्वील छ । यसको सस्पेन्सन ट्रालभ सस्पेन्सन कम रहेको छ भने, यसको सिट हाइट यो सिरिजकै कम ८२५ एमएम रहेको छ । तर एड्भेन्चर एसको धेरै जानकारी भने बाहिर आएको छैन् ।
यो मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डिओएचसी सिंगल सिलिन्डर, इएफआई इन्जिन रहेको छ । यसमा रहेको राइड बाई वायर जस्ता ईलेक्ट्रोनिक्सले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा सुपर बाइकहरुमा हुने फिचरहरु जस्तै, ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबीएस, क्वीकशिफ्टर रहेको छ । साथै, टर्न-बाइ-टर्न न्याभिगेशनको लागि स्मार्टफोन कनेक्टीभिटी र फूल-कलर टीएफटी डिस्प्लेको प्रयोग गरिएको छ ।