पाँचौ जेनेरेशन टोयोटा प्रियस प्लगइन हाइब्रिड सार्वजनिक, रेन्ज ९५ किमि

काठमाडौं । जापनीज अटोमोवाइल जायन्ट टोयोटाले आफ्नो सफल स्पोट्स सेडान प्रियसको पाँचौ जेनेरेशन युरोपमा सार्वजनिक गरेको छ । प्लगइन हाइब्रिड इन्जिन अप्सनमा मात्र लन्च भएको प्रियसले पछिल्लो जेनरेशनभन्दा ५० प्रतिशत बढी माइलेज दिनेछ ।

टोयोटाले प्रियस हाइब्रिड बनाउन आफ्नो ‘न्यू ग्लोबल आर्किटेक्चरको सेकेन्ड जेनेरेशन (जीएसी) प्ल्याटफर्मको प्रयोग गरेको छ । जसले यो कारलाई अझै आक्रमक र लाइट वेटको बनाएको छ ।

प्रियसको हाइब्रिड इन्जिनमा इलेक्ट्रीक मोटरसहित २.० लिटरको पेट्रोल इन्जिन दिएको छ, यसको संयुक्त पावर २२० हर्सपावर प्रदान गर्छ । यसको इलेक्ट्रीक मोटर चलाउन कम्पनीले १३.६ किलोवाटको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । यसको इलेक्ट्रीक मोडमा चलाउँदा सिंगल चार्जमा ९५ किलोमिटर गुडाउन सकिने टोयोटाले जनाएको छ ।

टोयोटाका अनुसार सहरी यात्राको दैनिक यात्राको लागि ९५ किलोमिटर रेन्ज यथेस्ठ हुनेछ । यसको व्याट्री चार्ज गर्नका लागि टोयोटाले रुफमा सोलार सेलसमेत लगाएको छ । यसले गाडी चलाउँदा चलाउँदै चार्ज हुनेछ ।


Back_to_top