पल्सर एन २५० को २०२४ भर्सन सार्वजनिक, थपियो नयाँ फिचर

काठमाडौं । पल्सर एन २५० को २०२४ मोडल सार्वजनिक भएको छ । भारतीय बजारमा अपडेट सहितको बजाज पल्सर एन २५० सार्वजनिक भएको हो ।

पहिलो पटक २०२१ मा बजारमा आएका पल्सर एन २५० अहिले विभिन्न फिचरसहित अपडेट भएर आएको हाे ।

बजाज अटोले पल्सर सिजिरको सबैभन्दा ठुलो मोटरसाइकल एन २५० मा अपसाइड डाउन फर्क तथा कनेक्टिभिटी फिचर थप गरेर ल्याएको छ ।

बजाजले पहिलो पटक एबीएस राइड मोडसमेत एन २५० मा प्रयोग गरेको छ जसमा रेन, रोड र अफरोड मोड दिएको छ ।

केही दिन अघि मात्र बजाजले विभिन्न टेक अपडेटका साथ पल्सर एनएस सिरिज सार्वजनिक गरेको थियो ।

नयाँ मोडल एन २५० मा नयाँ रिभर्स एलसीडी क्लस्टरका साथै ब्लुटुथ कनेक्टिभिटी समेत उपलब्ध छ । यसमा ट्याक्सन कन्ट्रोल फिचर समेत थप गरिएको छ ।

यसका अलावा मोटरसाइकलमा मेकानीकल परिर्वतन भने गरिएको छैन् । पल्सर एन २५० मा २४९.७ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २४.१ पीएस पावर तथा २१.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

बजजाले १ लाख ५० हजार ८२९ रुपैयाँ तोकेर २०२४ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले निकट भविष्यमा नै पहिलो सिएनजी मोटरसाइकल का साथै पल्सर सिरिजिकै सबैभन्दा ठुलो मोटरसाइकल पल्सर एनएस ४०० सार्वजनिक गर्दैछ ।


Back_to_top