काठमाडौं । ब्रिटिस ब्राण्ड ट्रायम्फले भारतमा उत्पादन गरेको स्क्रयाम्बलर ४०० को २०२५ मोडल आउने भएको छ । कम्पनीले भारतमा बजाजसँगको सहकार्यमा उत्पादन गरेको स्क्रयाम्बलर ४०० को २०२५ मोडल परीक्षण सुरू गरेको हो ।
कम्पनीले परीक्षण सुरू गरेको २०२५ मोडलमा विभिन्न अपडेटहरू देख्न सकिन्छ । कम्पनीले भारतको पुणेमा परीक्षण गरिरहेको नयाँ मोडल मोटरसाइकल पहेँलो कलरमा देखिएको छ ।
त्यस्तै, फ्यूल ट्याङ्कमा नयाँ ग्राफिक्सका साथै ट्रायम्फको लोगो समेत देख्न सकिन्छ । अन्य परिर्वतन हाइ माउन्ड फ्रन्ट फेन्डर, कम्प्याक्ट विन्डशिल्ड पाउन सकिन्छ । यी दुवै कम्पोनेन्ट पहेलो कलरमा देखिएको छ ।
रेगुलर मोडलमा म्याट खाकी ग्रिन, फ्युजन ह्वाइट, पर्ल मेटालिक ह्वाइट, फ्यान्टम ब्ल्याक/सिल्भर जस्ता कलर अप्सन उपलब्ध छन् । ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्समा गोल्डेन कलर यूएसडी फर्क, गोलाकार हेडल्याम्प, गोलाकार रियर भ्यू मिरर, नकल गार्ड, स्प्लिट सिट, अपस्वेष्ट एक्जष्ट समावेस छन् ।
कम्पनीले स्क्रयाम्बलर ४०० एक्सलाई अझ अफरोड फ्रेन्ड्ली बनाउन विभिन्न अपडेट गरेको छ । परीक्षणमा देखिएको नयाँ मोटरसाइकलमा ट्युबलेस वायर-स्पोक ह्वील देखिएको छ । यसअघि यसमा अलोय ह्वील दिइएको थियो भने पुरानो प्लास्टिक इन्जिन ब्यास प्लेटलाई मेटल ब्यास प्लेटले रिप्लेस गरेको छ । यसले अफरोडमा इन्जिनलाई धेरै सुरक्षा प्रदान गर्छ ।


