स्थानिय तहलाई बागमती प्रदेश सरकारले बाँड्यो ४ अर्व ७६ करोड सवारी कर

फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ सवारीसाधन कर बापत उठ्ने भन्दै स्थानिय निकायलाई उक्त रकम बाँडफाँड गरेको छ ।

प्रदेश सरकारले बागमती प्रदेश भित्र रहेका सम्पूर्ण ११९ स्थानिय निकायलाई रकम बाँडफाँड गरेको हो । प्रदेश सरकारले बाँडफँड गर्दा सबैभन्दा कम रकम रसुवाको कालिका गाउँपालिकाले १ करोड ५ लाख ६४ हजार रुपैयाँ पाएको छ । सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले ५० करोड ७८ लाख ९५ हजार रुपैयाँ पाउने भएको छ ।

संघिय संरचना निर्माणसँगै प्रदेश सरकारले यातायात क्षेत्रको वार्षिक कर संकलन, लाइसेन्स नविकरण, दर्ता र प्रदुषण परिक्षण जस्ता काम गर्दै आएको छ । त्यसबापत उठ्ने रकमलाई विभाजन गरेर स्थानिय निकायमा पठाउने चलन छ ।

स्थानिय तह अनुसार प्राप्त रकम के कति छ भन्ने हेर्न यहाँ क्लिक गर्नु होला ।


Back_to_top