काठमाडौं । बागमती प्रदेश सरकारले करको दायरा फारिकलो बनाउने भन्दै प्रदेश भित्र संचालनमा रहेका आकाशे पुल, भ्यू टावर, स्विङ्ग र केबल कारमा ५ प्रतिशत मनोरञ्जन कर लागाउने भएको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट सार्वजनिक गर्दै बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले कर लगाएका हुन् ।
प्रदेश सरकारको बजेटमा सवारी चालक अनुमतिपत्रको परिक्षा थप ब्यवस्थीत बनाउन ट्रायल सेन्टरहरु स्वचालित बनाउने, यातायात कार्यालयमा रहेका रेकर्डहरु डिजिटलाइज गर्ने विषय बजेटमा उल्लेख छ ।
त्यसैगरी यातायात क्षेत्रमा रहेका विकृति हटाउन प्रदुषण मापन स्वचालित प्रविधिको प्रयोगबाट गर्ने, प्रदेशबाटै लाइसेन्स छपाई र वितरणको लागि आवश्यक प्रिन्टर खरिद गर्ने, निजी क्षेत्रसँग मिलेर हेटौंडा र काठमाडौंमा नमुना स्पेशल टुल्स बैंक स्थापना गर्ने जस्ता विषय समेटिएका छन् ।


